१० वैशाख, काठमाडौं । ३ वैशाख २०७८ मा नर्वेका एक पर्वतारोही सगरमाथा आधार शिविरमा बिरामी परेपछि उनलाई उद्दार गरी काठमाडौं ल्याइयो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उनमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएर परीक्षण गरी विभागले सम्बन्धित ट्राभल एजेन्सीबाट उनको रिपोर्ट मगायो । ‘रिपोर्टमा ‘निमोनिया’ भएको उल्लेख […]