बर्दियाको ठाकुरद्वारामा रहेको गैँडा क्याम्प रिसोर्टमा बास बसेका हामीले बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गर्ने निर्णय गर्यौँ ।
अहिलेसम्म जङ्गल सफारी नगरेको मलाई सफारी कस्तो होला ? जङ्गलमा के–के वन्यजन्तु देख्न पाइने होला भन्ने कौतुहलता छाएको थियो । सफारीका लागि गाडीमा बसेदेखि नै मन चञ्चल भइरहेको थियो अनि बर्दिया राष्ट्रिय निकुञ्जको मूल गेटमा गएर टक्क गाडी अडियो ।
गाडीमा रहेका सबैले नाम, उमेरलगायतको विवरण मूल गेटमा रहेका कर्मचारीलाई टिपाएर आवश्यक प्रक्रिया पूरा गर्ने काम सुरु हुँदै थियो । त्यही ब...