काठमाडौँ । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखाका चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीले आयोजनाका क्याम्प, निर्माण उपकरण, पहुँच सडक तथा पुलमा क्षति गरेको प्रारम्भिक विवरण छ। बाढीबाट ३४१ मेगावाटको बुढीगण्डकी, २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारु खोला र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो। बुढीगण्डकी आयोजनाको मुख्य क्याम्प […]
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नदिने भएका छन्। बाढीपहिरोबाट भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै बडादसैं सादगीपूर्वक मनाउने निर्णय गरिएको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ। सचिवालयले आइतबार जारी गरेको सूचनामा गत भदौमा हिमपहिरोका कारण आएको बाढी र असोजको अविरल वर्षाबाट भएको क्षतिका कारण यस्तो निर्णय गरिएको उल्लेख छ। विपद्बाट […]
भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बनेका छन् । करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका अधिकारीले गाउँमै व्यावसायिक बाख्रापालन सुरु गरी वार्षिक करिब एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । विदेशमा कमाएको पुँजी, सिकेको सीप र प्राप्त अनुभवलाई आफ्नै गाउँमा उपयोग […]