वन तथा वातावरण मन्त्री प्रदिप यादवले आफूले मन्त्रालय जिम्मा लिएको ४५ दिन भएको तर जे गर्दा पनि गाली मात्रै खाने गरेको दुखेसो पोखेका छन् । आइतबार नेपाल वातावरण पत्रकार समुह ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले रुख काट्न दिँदा पनि गाली र नदिँदा पनि गाली खानुपरेको बताएका छन् । ‘रुख काटन नदिऊँ विकास विरोधी भन्छन् काट्न दिऊँ जगंल विनाश भयो भने गाली खाने अवस्था छ ।’आफूले काम गरेको ४५ दिन बितिसक्दा पनि कर्मचारीहरुसँग काम लिन निकै गाह्रो भएको उनको भनाई छ । उनले भने,