वन तथा वातावरणमन्त्री प्रदीप यादव फिल्म अभिनयमा देखिने भएका छन् । अभिनेता रमित ढुंगानाले बनाउन लागेको फिल्म ‘मुस्कान’ मा उनको अभिनय रहने भएको हो । फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेता माधवकुमार नेपाल लगायतको समेत अभिनय रहनेछ । ‘मुस्कान’ एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित रहेर बन्न लागेको फिल्म हो । साउन अन्तिमदेखि छायांकन सुरु हुने फिल्ममा मुस्कानको जीवनमा सहयोग गर्ने नेताहरुको भूमिका उनीहरुद्वारा नै निर्वाह गराउन लागिएको