अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरू

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवं अन्तरराष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रूपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा शुरू भएको हो । सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक उक्त शीतगृह भवनको बुधवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे । करिब १३ कठ्ठा जग्गामा ६ करोड ७ लाख  रुपैयाँ लागतमा निर्माण हुने शीतगृह अत्याधुनिक प्रविधिको हुनेछ । ‘हामीले सात सय मेट्रिक टन क्षमताको शीतभण्डारण निर्माण शुरू गरिसकेका छौं,’ गाउँपालिकाका अध्यक्ष चौधरीले भने, ‘आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल भण्डारणमा यसले सहयोग पु¥याउँछ ।’ आलुलगायतका तरकारी र फलफूल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा वृद्धि तथा बजारीकरणको सम्भावना अझै बढ्ने उनले बताए । शीतगृहसँगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, पर्खाललगायत संरचनासमेत निर्माण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए । शीतगृहको निर्माणपछि डुडुवा गाउँपालिका तथा आसपासका पालिकाका किसान लाभान्वित हुनेछन् । रासस

सम्बन्धित सामग्री

योजना एउटा, काम अर्कै : एकीकृत फलफूल तथा तरकारी थोक बजारमा साप्ताहिक हाट

विराटनगर । १७ करोड रुपैयाँ लागतमा संघीय कृषि मन्त्रालयले मोरङको कटहरी गाउँपालिका–१ मा आधुनिक तरकारी तथा फलफूल थोक बजार बनाएको ५ वर्ष बित्यो । उक्त स्थानमा अहिले थोक बजारको साटो साप्ताहिक शनिवारे र बुधवारे हाट लाग्ने गरेको छ । उद्देश्य एउटा र प्रयोग अर्कै किसिमको हुन थालेको छ ।  संघीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो । निर्माण भएर प्रदेश सरकारलाई हस्तान्तरण भएका संरचनाको सदुपयोग हुन नसकिरहेको बेला कटहरी गाउँपालिकाले साप्ताहिक हाट लगाउन शुरू गरेको हो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले २०८० जेठ ३ गते प्रदेश सरकारका तत्कालीन कृषि, उद्योग तथा सहकारीमन्त्री भक्ति सिटौला, सचिव मेघनाथ तिम्सिना र महाशाखा प्रमुख पशुपति पोखरेलसँग सहमति गरेर प्रयोगविहीन संरचना गाउँपालिकाले प्रयोग गर्न थालेको बताए ।  निर्माण सम्पन्न संरचनाको २०७५ चैत ३ गते उद्घाटन गर्दै संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । विराटनगर बजार क्षेत्रको गुद्री बजार स्थानान्तरण गर्ने योजनासहित निर्माण गरिएको संरचनामा व्यापारी जान मानेनन् । विराटनगर–२ र कटहरी–१ को सीमा जोडिएको स्थानमा संरचना निर्माण भए पनि व्यापारीले नयाँ तरकारी बजार स्थापना गरेर सरेका थिए । नयाँ बनेको संरचनामा व्यापारी जान नमानेपछि प्रदेश सरकारले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई बजार सञ्चालन गर्न दिएको थियो ।  कोशी प्रदेशका ३६ सहकारी संस्थाले १ करोड २३ लाख रुपैयाँ शेयर लगानीमा स्थापना गरेको सहकारी अहिले डुबेको छ । पाँच बिगाहा दुई धुर क्षेत्रफलमा थोक तथा खुद्रा बजारका लागि व्यवस्थित संरचना निर्माण गरिएका छन् । प्रशासनिक भवन, ३२ ओटा थोक तरकारी तथा फलफूल पसल र ३२ ओटा खुद्रा पसलका स्टल संरचना, क्यान्टिन, हेल्थ क्लिनिक, म्यानेजर क्लस्टर, सार्वजानिक शौचालय, नापतौल मेशिन, लोड–अनलोड क्षेत्र, डिप ट्युबवेल, सीसीटीभी, जेनेरेटर र सोलार समेतको सुविधा छ । यसैगरी गोदाम घर, बैंक घर, सुरक्षाकर्मीका लागि संरचनासमेत निर्माण गरिएको थियो । दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल सुरक्षित गरेर विक्री गर्नसक्ने क्षमता छ । अध्यक्ष चौधरीले गाउँपालिकाभित्र निर्माण भएको संरचना प्रयोगविहीन भएपछि त्यहाँ हटिया सञ्चालन गर्न थालेको बताउँदै आगामी चैत १५ गते कृषि मेला लगाउने तयारी भइरहेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा कृषि उत्पादन प्रवर्द्धन मेला आयोजना गर्ने तयारी भइरहेको उनले बताए ।

एक अर्ब ५० करोड खर्च गरी चितवनको नेशनल सिटी अस्पतालको स्तरोन्नति

चितवन । मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ । अस्पतालले रू एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो । यहाँको श्री मेडिकल एण्ड टेक्निकल कलेजसहित दुई सयले अस्पतालमा लगानी गरेका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रचण्डलाल प्रधानका अनुसार हालै निर्माण गरिएको छ तले अत्याधुनिक भवनबाट सेवा शुरू गरिएको छ । “८२ हजार स्क्वायरफिट क्षेत्रफलको उक्त भवन अस्पतालको मापदण्डअनुसार निर्माण गरिएको हो । भवनमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था छ । भवनका लागि मात्रै अस्पतालले रू ६० करोड लगानी गरेको छ”, उनले भने। भरतपुरको चौबीसकोठीमा १२ कठ्ठा जमिन खरिद गरेर पूर्ण व्यावसायिक ढङ्गबाट अस्पताल सञ्चालनमा ल्याइएको प्रधानले जानकारी दिए । अस्पतालका प्रमुख प्रशासक विक्रम अधिकारीका अनुसार अस्पतालमा एक सय श्यया छन् । भविष्यमा थप ५० श्यया बढाउने योजना रहेको उनले बताए । “हाल २२ क्याविन, चार मोडुलर शल्यक्रिया कक्ष, एक सय ६० स्लाइसको सिटीस्क्यान, छ श्ययाको बाल सघन उपचार कक्ष, १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको पोष्टअप सञ्चालनमा छन्”, उनले भने। दिनको समयमा पूर्णकालीन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने बिहान र बेलुकाको समयमा सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएको अधिकारीले जानकारी दिए । अस्पतालले अतिविशिष्ट सेवा दिइरहेको उनकोभनाइ थियो । केही दिनमै पाँच श्ययाको डायलासिस सेवासमेत दिन लागिएको उनले जानकारी दिए । रू एक अर्ब अधिकृत पुँजी रहेको अस्पतालको चुक्ता पुँजी रू ८५ करोड रहेको छ । विसं २०६५ असोज १५ गते नारायणगढमा स्थापना भएको उक्त अस्पताललाई विसं २०७२ साउनदेखि भरतपुरमा सारिएको थियो ।

एफवान सफ्ट २०औं वर्षमा प्रवेश

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदान गर्दै आइरहेको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २०औं वर्षमा प्रवेश गरेको छ । डिजिटल वित्तीय सेवा पुर्‍याउने उद्देश्यले सन् २००४ मार्च ६ देखि आफ्नो सेवा शुरू गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको दाबी गरेको छ । एसएमएस बैंकिङबाट आफ्नो सेवा शुरू गरेर हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता प्रविधिहरू निर्माण गर्दै आएको कम्पनीको भनाइ छ । कम्पनीले उपभोक्ताको दिनचर्या सहज बनाउँदै मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउन प्र्रविधि निर्माण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । डिजिटल नेपाल बनाउँदै अर्थतन्त्रलाई नै डिजिटलाइज गरी देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने उद्देश्य कम्पनीले राखेको उनले बताए । ‘यसका लागि हामी आगामी दिनमा अझ मेहनतका साथ अत्याधुनिक प्रविधि निर्माणमा लाग्छौं,’ उनले भने ।

नर्भिकको अत्याधुनिक भवन निर्माण शुरू

काठमाडौं । पब्लिक कम्पनीमा रूपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो महत्वाकांक्षी प्रोजेक्टको थालनी गरेको छ । नर्भिक अस्पतालले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रूपमा बिहीबारबाट शुरू गरेको छ । नयाँ वर्षको शुभमुहूर्तमा ८ तले अत्याधुनिक अस्पताल भवनको निर्माण थालिएको छ ।हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक […]

चार वर्षमा ९ वडाका कार्यालय भवन

कास्की । पोखरा महानगरपालिकाले चार वर्षमा ९ ओटा वडा कार्यालयको भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ भवन निर्माण तथा अन्यको स्तरोन्नति गरिएको महानगरले बताएको छ । वडा भवन निर्माणलाई प्राथमिकतामा राखेको महानगरले निर्माण गरेका भवन सुविधासम्पन्न र आधुनिक रहेका छन् । केहीमा विद्युतीय भ¥याङ राखिएको छ । अपांगतामैत्री समेत छन् । भवनभित्रै पार्किङको सुविधा छ ।      हालसम्म वडा नं २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ मा नयाँ भवन निर्माण गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । वडा नं ६, १७ र २६ का भवन निर्माण प्रक्रिया थालिएको छ । महानगरले सबै वडाका भवन निर्माणमा जोड दिए पनि कतिपय वडामा जमिन प्राप्त नहुँदा पुरानोलाई स्तरोन्नति गरिएको बताइएको छ । सूचना अधिकारी पौडेलले भने, ‘जमिन प्राप्त भएका अधिकांश वडामा भवन निर्माण सम्पन्न गरेका छौं । केहीको प्रक्रिया शुरू भएमा छिट्टै शिलान्यास गर्छौं । अन्यको हकमा स्तरोन्नति गरेर सहज रूपमा सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।’ महानगरले वडा कार्यालयका भवनसहित आफ्नो प्रशासकीय भवन निर्माणको प्रक्रियासमेत अघि बढाएको छ ।      महानगरको मुख्य भवन निर्माण गर्न जमिन खोजीमा चार वर्ष खर्चिएकोमा हालै पोखरा–९ नयाँ बजारस्थित दमकलमार्गमा सुविधा सम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । महानगरको आफ्नै चार रोपनी क्षेत्रफलमा भवन बन्ने महानगरले बताएको छ । हालको भवन साँघुरो हुँदा महानगरका अन्य विषयगत शाखा कार्यालय पोखराका विभिन्न ठाउँमा राख्नुपर्ने बाध्यता हुँदा सेवाग्राहीलाई झन्झट भएको छ ।      ‘अन्डरग्राउण्ड पार्किङ’ सहितको पाँच तलाको भवन १९ करोड पाँच लाखमा निर्माण सम्झौता गरिएको छ । गत असोज १० गते आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध÷ओम बुद्ध जेभी विराटनगरसँग प्रशासकीय भवन निर्माणको ठेक्का सम्झौता गरिएको महानगरका वरिष्ठ इञ्जिीनीयर पूर्णबहादुर गुरुङले बताए । रासस

शहरी सडक निर्माणले गति लिन सकेन

कैलाली । कैलाली र कञ्चनपरका स्थानीय तहमा निर्माणाधीन आधुनिक शहरी सडक निर्माणले गति लिन सकेको छैन । स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो सोअन्तर्गतका योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो । ती दुई जिल्लामा योजना कार्यान्वयनको एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको संघीय आयोजना कार्यान्वयन एकाइ कैलालीले बताएको छ । चौबीस महिनामा निर्माण सम्पन्न गरिसक्नेगरी २०७७ असारमा ती योजनाको सम्झौता गरिएको थियो । काम शुरू भएका ती योजनाको भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशतमात्रै रहेको बताइएको छ । कैलालीका दुई र कञ्चनपुरका दुई स्थानीय तहमा ११ अर्ब बजेटमा अत्याधुनिक शहरी सडक र एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने क्षेत्रीय शहरी विकास आयोजना लागू गरिएको छ । आयोजनाका अनुसार धनगढी उपमहानगरपालिकामा पहिलो चरणमा निर्माण गर्न थालिएको सडकको भौतिक प्रगति २० र वित्तीय प्रगति १७, गोदावरी नगरपालिकामा भौतिक प्रगति १८ र वित्तीय प्रगति १५, शुक्लाफाँटा नगरपालिकामा भौतिक प्रगति ३४ र वित्तीय प्रगति ३० तथा भीमदत्त नगरपालिकामा भौतिक प्रगति २१ र वित्तीय प्रगति १० प्रतिशत भएको छ । धनगढी उपमहानगरपालिकामा कालिका कन्स्ट्रक्शनले सातओटा सडकको जम्मा १०.२४ किलोमिटर खण्ड ७६ करोड ६ लाखमा काम गरिरहेको छ । सात सडकमध्ये चार सडकमा मात्रै काम सुरु भएको आयोजनाले बताएको छ । तीन दशमलव ६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ७०० मिटर क्याम्पस रोड–जाखोरताल, ८७० मिटर डिभोटी–पिपलचौतारा र १ दशमलव १५ किलोमिटरको हसनपुर रोड बनिरहेको छ भने २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च रोड, १ दशमलव ३८ किलोमिटरको चौराहा–कैलालीनाला (चार लेन) ४३० मिटरको मालपोत रोडमा काम शुरू भएको छैन । कैलालीको गोदावरी नगरपालिकामा पनि कालिका कन्स्ट्रक्शनले  ओटा सडकको १६ किलोमिटर खण्ड ४८ करोड १७ लाखमा निर्माण गर्ने सम्झौता गरेको छ । गेटा आँखा अस्पतालबाट जोनापुर, जोनापुरबाट कत्था उद्योग, गेटा आँखा अस्पतालबाट लालपुर, लालपुरबाट गौरी, सिर्जनानगरबाट चौकीडाँडा र चौकीडाँडाबाट चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको संघीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख प्रविन शाहले बताए । यसैगरी शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाखमा ४ दशमलव ७७ किलोमिटरका तीन सडक निर्माण गरिरहेको छ । झलारीबाट फुलेली, शुक्लाफाँटा नगरपालिका र पिपलाडीसम्मको तीनओटै सडकमा काम भइरहेको छ । भीमदत्त नगरपालिकामा जेडआईईसी लामा कन्स्ट्रक्शनले ८७ करोडमा १४ किलोमिटरका १९ सडक निर्माण गरिरहेको छ । तीमध्ये दुई सडक मदनचोक–दशरथ चोकर ट्राफिक चोक–बीपी चोक सडक चार लेनको बन्ने आयोजना प्रमुख शाहको भनाइ छ । कोरोना महामारी र अन्य कारणले निर्माण कम्पनीहरूले समयमा काम गर्न नपाएकाले समयमा निर्माणले गति लिन नसकेको उनको भनाइ छ । आयोजना अन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना छ । पहिलो चरणको निर्माण सम्पन्न गरिसकेपछि दोस्रो चरणको निर्माण शुरू गरिने एकाइका इञ्जिनियर पुजन न्यौपानेले जानकारी दिए । सन् २०१५ मा ११ अर्बको लागतमा आधुनिक सडक र प्रत्येक स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने गरी एशियाली विकास बैंक (एडीबी)को ऋण अनुदानमा आयोजना शुरू भएको थियो । रासस

दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन शुरू गरिएको हो । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । प्लाण्टबाट उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ । ‘प्रत्येक शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइन विस्तार गरिएको छ’, उनले भने, ‘अस्पतालमै अक्सिजन उत्पादन शुरू भएपछि बाहिरबाट ल्याउनुपर्ने समस्याको अन्त्य भयो ।’ रू. ७५ लाख बजेट प्राप्त भएकोमा टेण्डरमार्फत रू. ५५ लाखमा अक्सिजन प्लाण्ट निर्माण सम्पन्न भएको अस्पतालले जानकारी दिएको छ । प्लाण्ट निर्माणका लागि अस्पतालले जय शंकर प्रालिसँग सम्झौता गरेको थियो । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा कोभिड कक्ष पनि बनाइएको छ । अस्पतालले महामारीका बेला कोरोना संक्रमितको उपचार गरेको थियो । हाल भने अस्पतालमा कोरोना संक्रमित छैनन् । अस्पतालले आईसीयू र भेन्टिलेटरसमेत शुरुआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर शøयाको व्यवस्थापन गरेको थियो । यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौं पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आएको थियो । पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवम् अत्याधुनिक बनाउने प्रयासस्वरूप थाइराइड, आँखा र दाँत उपचार सेवा शुरू भइसकेको छ । रासस

रत्ननगरमा मातृशिशु अस्पताल निर्माण प्रक्रिया शुरू

चितवन । चितवनको रत्ननगर नगरपालिकामा साढे १४ करोड रुपैयाँ लागतमा  मातृशिशु अस्पतालको निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा पूर्वी चितवनमै पहिलो मातृशिशु अस्पताल निर्माणको प्रक्रिया सुरू गरिएको हो । बकुलहर रत्ननगर अस्पतालको परिसरमा निर्माण हुने सो अस्पतालको भवन निर्माणका लागि ठेक्का प्रक्रिया शुरू भइसकेको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । वनका अनुसार सुरक्षित रूपमा सुत्केरी गराएर आमा र बच्चाको मृत्युदर न्यूनीकरणका लागि अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । साढे तीनतले भवनमा आईसीयू, भेन्टिलेटर, जनरल वार्ड, अपरेसन कक्ष, ओपीडी कक्ष र सुत्केरी कक्ष रहनेछ । लिफ्टसहित अपांगतामैत्री बन्न अस्पताल ५० शय्या क्षमताको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिने प्रमुख वनले बताए । हाल रत्ननगर अस्पतालमा दैनिक तीनजना महिलाको मात्र सुत्केरी गराउन सक्ने क्षमता छ । अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य उपकरण विदेशबाट ल्याउने नगरपालिकाको योजना छ । ‘अस्पतालमा प्रयोग हुने उपकरण अत्याधुनिक हुनेछन्,’ नगर प्रमुख वनले भने । अस्पतालमा आईसीयू, भेन्टिलेटरसहित मेडिकल पाइपलाइन जडित हुने उनले जानकारी दिए । अस्पतालको भवनको ठेक्का प्रक्रिया सुरू भइसकेकाले अबको डेढ महीनामा निर्माण शुरू गरिने बताइएको छ । २ वर्षमा सम्पन्न गर्ने योजनासहित निर्माण थालिने र सम्पन्न भएलगत्तै अस्पताल सञ्चालनमा ल्याइनेछ । सो अस्पताल सञ्चालनमा आएपछि सुत्केरी गराउन र बच्चाको उपचारका लागि सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता हट्ने नगर प्रमुख वनको भनाइ छ । पूर्वी चितवनका तीन लाख जनताले प्रत्यक्ष सेवा उपभोग गर्ने गरी रत्ननगर नगरपालिकाको पहलमा मातृशिशु अस्पताल सञ्चालनमा ल्याइने बताइएको छ । प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताललाई प्रदेशस्तरको मान्यता दिएर ५० शøयामा स्तरोन्नति गरेको छ । केन्द्र सरकारले प्रदान गरेको ३ करोड रुपैयाँबाट आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि काम भइरहेको छ ।

रत्ननगरमा १४ करोडको लागतमा मातृशिशु अस्पतालको निर्माण प्रक्रिया शुरु

असार २, चितवन । चितवनको रत्ननगर नगरपालिकामा साढे १४ करोडको लागतमा मातृशिशु अस्पतालको निर्माण प्रक्रिया अघि बढेको  छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा पूर्वी चितवनमै पहिलो मातृशिशु अस्पताल निर्माणको प्रक्रिया शुरू गरिएको हो । गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि रत्ननगर नगरपालिकाको पहलमा अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । बकुलहर रत्ननगर अस्पतालको परिसरमा निर्माण हुन लागेको सो अस्पतालको भवन निर्माणका लागि ठेक्का प्रक्रिया शुरू भइसकेको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । वनका अनुसार सुरक्षित तरिकाले सुत्केरी गराएर आमा र बच्चाको सुरक्षा र मृत्युदर न्यूनीकरणका लागि अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । साढे तीनतले भवनमा आइसियू, भेन्टिलेटर, जनरल वार्ड, अपरेसन कक्ष, ओपिडी कक्ष, सुत्केरी कक्ष रहनेछ । अस्पताल लिफ्टसहित अपांगमैत्री पनि बन्ने छ । सो अस्पताल ५० शय्या क्षमताको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिने प्रमुख वनले बताए । हाल रत्ननगर अस्पतालमा दैनिक ३ जना महिलाको मात्र  सुत्केरी गराउन सक्ने क्षमता  छ । सो अस्पताल सञ्चालनमा आएपछि दैनिक ३० जना महिलाहरुलाई सुरक्षित सुत्केरी गराउन सकिने वनले बताए । अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य उपकरण विदेशबाट ल्याउने नगरपालिकाको योजना रहेको छ । ‘अस्पतालमा प्रयोग हुने उपकरण अत्याधुनिक हुनेछन्’, मेयर वनले भने, ‘सम्भवतः स्विट्जरल्यान्डबाट उपकरण ल्याइनेछ ।’ अस्पतालमा आईसीयू, भेन्टिलेटरसहित मेडिकल पाइपलाइन सिस्टम जडित हुने मेयर वनले जानकारी दिए । अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया शुरू भइसकेकाले अबको डेढ महीनामा निर्माण कार्य शुरू गरिने बताइएको छ । दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजनासहित भवन निर्माण शुरू हुने र लगत्तै अस्पताल सञ्चालनमा ल्याइने छ । सो अस्पताल सञ्चालनमा आएपछि सुत्केरी गराउन र बच्चाको उपचारका लागि सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता हट्ने प्रमुख वनको भनाइ छ ।  पूर्वी चितवनका तीन लाख जनताले प्रत्यक्ष सेवा उपभोग गर्ने गरी रत्ननगर नगरपालिकाको पहलमा मातृशिशु अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।  प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताललाई प्रदेशस्तरको मान्यता दिएर ५० शय्याको अस्पतालका रुपमा विकास गरेको छ । केन्द्र सरकारले प्रदान गरेको तीन करोड रूपैयाँबाट सो अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि काम भइरहेको छ ।

लुम्बिनी सभागृहको काम सम्पन्न हुने चरणमा

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तरराष्ट्रिय बौद्ध सभा तथा ध्यान गृह’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि पहिलो चरणको काम थपिएको म्यादभित्रै करीब सकिएको कोषले बताएको छ । २०७४ को बुद्धजयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको सोही निर्देशनअनुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोह आयोजना गर्दै आएको छ । सँगसँगै स्थायी सभाहल निर्माणको काम पनि शुरू भएको थियो । स्थायी सभाहलअन्तर्गत पहिलो चरणको काम करिब सकिन लागेको छ भने दोस्रो चरणको काम पनि शुरू भएको छ । लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण शुरू गरेको हो । दोस्रो चरणको काम सम्पन्न हुँदा यो सभाहल नेपालकै ठूलो र अत्याधुनिक सभाहलका रूपमा तयार हुनेछ । सभाहल दक्षिण एशियामै पहिलो हुने कोषले बताएको छ । यो सभाहल लुम्बिनी गुरुयोजनामा समावेश नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र आवश्यकताका आधारमा निर्माण गरिएको कोषको भनाइ छ ।     पहिलो चरणमा सभाहल, दुईओटा शौचालय र कन्ट्रोल रूम करीब सम्पन्न भएका छन् । हालसम्म सभाहलको भुइँ, छानो फल्स सिलिङ र अन्य फिनिसिङका काम सकिएका छन् । दोस्रो चरणअन्तर्गत साभहलको वरिपरि पार्टिसन गर्ने काम शुरू भएको छ ।      त्यस्तै दोस्रो चरणमै रोष्टममा उभिएर गरिने भाषणलाई १६ ओटा भाषामा उल्था हुने अत्याधुनिक प्रविधि जडान गरिनेछ । आगामी बुद्ध जयन्तीको मूल समारोह सोही सभाहलमा आयोजना गर्न मिल्नेगरी काम भइरहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । आगामी डेढ वर्षभित्र दोस्रो चरणका सबै काम सकेर सभाहल हस्तान्तरण गर्ने योजनानुसार काम भइरहेको निर्माण कम्पनी बाबुल जेभीका प्रबन्धक सन्तोष अधिकारीले बताए । कोरोना महामारीका कारण पहिलो चरणको काम निर्धारित समयमा सम्पन्न गर्न नसकिए पनि दोस्रो चरणको काम समयमै सम्पन्न हुने उनको अपेक्षा छ । ३८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको छानो ५० एमएमको इपिएस स्यान्डबीच प्यानलको ट्रसबाट बनेको छ ।  रासस