लुम्बिनी सभागृहको काम सम्पन्न हुने चरणमा

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तरराष्ट्रिय बौद्ध सभा तथा ध्यान गृह’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि पहिलो चरणको काम थपिएको म्यादभित्रै करीब सकिएको कोषले बताएको छ । २०७४ को बुद्धजयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको सोही निर्देशनअनुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोह आयोजना गर्दै आएको छ । सँगसँगै स्थायी सभाहल निर्माणको काम पनि शुरू भएको थियो । स्थायी सभाहलअन्तर्गत पहिलो चरणको काम करिब सकिन लागेको छ भने दोस्रो चरणको काम पनि शुरू भएको छ । लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण शुरू गरेको हो । दोस्रो चरणको काम सम्पन्न हुँदा यो सभाहल नेपालकै ठूलो र अत्याधुनिक सभाहलका रूपमा तयार हुनेछ । सभाहल दक्षिण एशियामै पहिलो हुने कोषले बताएको छ । यो सभाहल लुम्बिनी गुरुयोजनामा समावेश नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र आवश्यकताका आधारमा निर्माण गरिएको कोषको भनाइ छ ।     पहिलो चरणमा सभाहल, दुईओटा शौचालय र कन्ट्रोल रूम करीब सम्पन्न भएका छन् । हालसम्म सभाहलको भुइँ, छानो फल्स सिलिङ र अन्य फिनिसिङका काम सकिएका छन् । दोस्रो चरणअन्तर्गत साभहलको वरिपरि पार्टिसन गर्ने काम शुरू भएको छ ।      त्यस्तै दोस्रो चरणमै रोष्टममा उभिएर गरिने भाषणलाई १६ ओटा भाषामा उल्था हुने अत्याधुनिक प्रविधि जडान गरिनेछ । आगामी बुद्ध जयन्तीको मूल समारोह सोही सभाहलमा आयोजना गर्न मिल्नेगरी काम भइरहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । आगामी डेढ वर्षभित्र दोस्रो चरणका सबै काम सकेर सभाहल हस्तान्तरण गर्ने योजनानुसार काम भइरहेको निर्माण कम्पनी बाबुल जेभीका प्रबन्धक सन्तोष अधिकारीले बताए । कोरोना महामारीका कारण पहिलो चरणको काम निर्धारित समयमा सम्पन्न गर्न नसकिए पनि दोस्रो चरणको काम समयमै सम्पन्न हुने उनको अपेक्षा छ । ३८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको छानो ५० एमएमको इपिएस स्यान्डबीच प्यानलको ट्रसबाट बनेको छ ।  रासस

सम्बन्धित सामग्री

गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

सिमकोट – ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको हो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालका अनुुसार नयाँ बन्न लागेको भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। गाउँपालिकाको प्रशासनिक भवनको नयाँ मापदण्डअनुुसार आरसिसी भवन बन्न लागेको हो। आफ्नो […]

तानसेनको टुँडिखेल स्तरोन्नतिकाे काम अन्तिम चरणमा

पाल्पा - तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी ३ करोड ८२ लाख ९४ हजार रुपैयाँ बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो । टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अन्तिम चरणमा पुगेको तानस...

तानसेनको टुँडिखेल स्तरोन्नतिकाे काम अन्तिम चरणमा

तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिका कार्यालय प्रांगणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न

कास्की । राष्ट्रिय गौरबको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न भएको छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुगेपनि पोखरा महानगरपालिकाद्वारा सञ्चालनमा रहेको सेनेटरी ल्यण्डफिल साईड हटाउने र रिठ्ठेपानी डाँडा काट्ने काम अझैसम्म नभएकाले हवाई सञ्चालनमा आउन नसक्ने आयोजनाले जनाएको छ । लामो समयदेखी सो क्षेत्रमा पोखरा बजार क्षेत्रको फोहोर ब्यबस्थापन गरिंदै आएकोले […] The post पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ देखि ९० प्रतिशत गणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने […]

सोलु करिडोरको काम अन्तिम चरणमा

सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रशारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। आठौँ पटक म्याद थप भएको आयोजनाको काम अब दुई महिनाभित्र सम्पन्न हुने आयोजना प्रमुख जर्नादन गौतमले बताए।आयोजना प्रभावित क्षेत्रमा पर्ने उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीयवासीले मुआब्जा बझ्न तयार भएसँगै चाँडै काम सम्पन्न हुने स्मभावना बढेको उनको भनाइ छ। एक वर्षमा तीन पटकसम्म म्याद थप गरिएको भन्दै प्रमुख गौतमले अब चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरे।उदयपुरको मरुवा र सोलुखुम्बुको पत्तालेका प्रभावित स्थानीय

दोर्दी खोलाको ९७ प्रतिशत काम सम्पन्न

काठमाडौं। दोर्दी खोला जलविद्युत आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले बनाइरहेको दोर्दी खोलाको काम अन्तिम चरणमा पुगेको हो। २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा इलोट्रो–मेकानिकल र पेनस्टक जडानको काम मात्र बाँकी छ। अहिले तीन हजार २०० मिटरको सुरुङ खन्ने र पाइप विच्छ्याउने र अर्को दुई हजार २७० मिटरको सुरुङको काम सम्पन्न भइसकेको छ।

दोर्दी खोलाको ९७ प्रतिशत काम सम्पन्न

काठमाडौं। दोर्दी खोला जलविद्युत आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले बनाइरहेको दोर्दी खोलाको काम अन्तिम चरणमा पुगेको हो। २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा इलोट्रो–मेकानिकल र पेनस्टक जडानको काम मात्र बाँकी छ। अहिले तीन हजार २०० मिटरको सुरुङ खन्ने र पाइप विच्छ्याउने र अर्को दुई हजार २७० मिटरको सुरुङको काम सम्पन्न भइसकेको छ।

भोलि उद्घाटन हुने धरहराकाे काम अन्तिम चरणमा

काठमाण्डाै - भोलि उद्घाटन गरिने ऐतिहासिक धरहराको काम अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाइको काम भइरहेको छ । आज बेलुकासम्म रङ्ग रोगनसँगै सफाइको काम सम्पन्न हुने रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । धरहराको काम सम्पन्न गर्न अहिले २४ सै घण्टा काम भइरहेको उहाँले जानकारी दिनुभयो । पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिसकिएको छ । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको रा...