रत्ननगरमा मातृशिशु अस्पताल निर्माण प्रक्रिया शुरू

चितवन । चितवनको रत्ननगर नगरपालिकामा साढे १४ करोड रुपैयाँ लागतमा  मातृशिशु अस्पतालको निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा पूर्वी चितवनमै पहिलो मातृशिशु अस्पताल निर्माणको प्रक्रिया सुरू गरिएको हो । बकुलहर रत्ननगर अस्पतालको परिसरमा निर्माण हुने सो अस्पतालको भवन निर्माणका लागि ठेक्का प्रक्रिया शुरू भइसकेको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । वनका अनुसार सुरक्षित रूपमा सुत्केरी गराएर आमा र बच्चाको मृत्युदर न्यूनीकरणका लागि अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । साढे तीनतले भवनमा आईसीयू, भेन्टिलेटर, जनरल वार्ड, अपरेसन कक्ष, ओपीडी कक्ष र सुत्केरी कक्ष रहनेछ । लिफ्टसहित अपांगतामैत्री बन्न अस्पताल ५० शय्या क्षमताको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिने प्रमुख वनले बताए । हाल रत्ननगर अस्पतालमा दैनिक तीनजना महिलाको मात्र सुत्केरी गराउन सक्ने क्षमता छ । अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य उपकरण विदेशबाट ल्याउने नगरपालिकाको योजना छ । ‘अस्पतालमा प्रयोग हुने उपकरण अत्याधुनिक हुनेछन्,’ नगर प्रमुख वनले भने । अस्पतालमा आईसीयू, भेन्टिलेटरसहित मेडिकल पाइपलाइन जडित हुने उनले जानकारी दिए । अस्पतालको भवनको ठेक्का प्रक्रिया सुरू भइसकेकाले अबको डेढ महीनामा निर्माण शुरू गरिने बताइएको छ । २ वर्षमा सम्पन्न गर्ने योजनासहित निर्माण थालिने र सम्पन्न भएलगत्तै अस्पताल सञ्चालनमा ल्याइनेछ । सो अस्पताल सञ्चालनमा आएपछि सुत्केरी गराउन र बच्चाको उपचारका लागि सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता हट्ने नगर प्रमुख वनको भनाइ छ । पूर्वी चितवनका तीन लाख जनताले प्रत्यक्ष सेवा उपभोग गर्ने गरी रत्ननगर नगरपालिकाको पहलमा मातृशिशु अस्पताल सञ्चालनमा ल्याइने बताइएको छ । प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताललाई प्रदेशस्तरको मान्यता दिएर ५० शøयामा स्तरोन्नति गरेको छ । केन्द्र सरकारले प्रदान गरेको ३ करोड रुपैयाँबाट आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि काम भइरहेको छ ।

सम्बन्धित सामग्री

कञ्चनपुरको अमरपुरमा सय शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

काठमाडौं,१७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो । तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने आयुर्वेद निर्देशनालयका निमित्त निर्देशक सूर्य उपाध्यायले जानकारी दिए । “अस्पताल निर्माणका लागि आयुर्वेद विभागले रु […]

कञ्चनपुरको बेलडाँडीमा १५ शय्याको अस्पताल निर्माण हुँदै

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भईरहेको छ । बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजार नजिकै अस्पताल निर्माण भईरहेको छ ।  ०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा...

नवलपरासी सुस्ता अस्पताल निर्माण अलपत्र

काठमाडौं । नवलपरासीको सुस्तास्थित अस्पताल निर्माण अलपत्र परेको छ । ठेकदारको चरम लापरबाहीका कारण सुस्ता अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ठेकदारले अस्पताल निर्माणका लागि ४१ लाख ९० हजार रुपैयाँ पेस्की लिएर सम्पर्कविहिन भएपछि निर्माण अलपत्र भएको हो । सुस्ता गाउँपालिका–२ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन […]

सिकलसेलका बिरामीका लागि अब छुट्टै अस्पताल निर्माण हुने

सिकलसेल एनिमिया र थाल्सेमियाको उपचारका लागि छुट्टै अस्पताल निर्माण हुने भएको छ। बाँकेको जानकी गाउँपालिका ३ नहरपुर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको शहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका हुन्। शिलान्यास...

तातोपानीले पाँच शय्याको अस्पताल निर्माण गर्ने

काठमाडौँ,८ असार । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गरिने गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं जानकारी दिए । उनले भने, “अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । डिपिआर […]

दुधपोखरीमा १५ शय्याको अस्पताल निर्माण कार्य तीव्र

लमजुङ– लमजुङकै विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो । दुधपोखरी गाउँपालिकाको विचौर स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउन लागिएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले अस्पताल […]

थानकोटमा विशेषज्ञ सेवासहितको अस्पताल निर्माण हुँदै

काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ।

निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

बागलुङको  निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ।

१५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुँदै

कपिलवस्तुको २ पालिकामा १५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। जिल्लाको महराजगंज र बुद्धभुमी नगरपालिकामा आधारभुत तहको सुबिधा सम्पन्न अस्पताल निर्माण गरिेने भएको हो।...

स्थानीय तहमा अस्पताल निर्माण गर्न कर्जा पाइने

काठमाडौँ । सरकारले स्थानीय तहमा अस्पताल निर्माण गर्न २० करोडसम्मको कर्जा लिन पाइने व्यवस्था गरेको छ । अस्पताल नभएका स्थानीय तहमा १ सय शय्यासम्मको अस्पताल निर्माण गर्नका लागि आवश्यक पर्ने कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैङ्कले यो विषयमा निर्णय गरी सरोकारवाला बैङ्क तथा वित्तीय संस्थाहरूलाई उक्त निर्णय कार्यान्वयनमा […]