सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतमा हडताल र बेञ्च बहिष्कारका गुरु चोलेन्द्र शमशेर जबरा भएको बताएका छन् । रातोपाटीसँगको कुराकानीका क्रममा न्यायाधीश सिंहले अदालतमा हडताल र बेञ्च बहिष्कारका गुरु चोलेन्द्र नै भएको बताएका हुन् । पत्रकार मदन ढुङ्गानासँगको लामो संवादका क्रममा न्यायाधीश सिन्हाले अदालतमा हड्तालको सुरुवात गर्ने र बेञ्च बहिष्कार सुरु गर्ने ‘गुरु’ चोलेन्द्र नै भएको बताए । न्यायाधीश सिन्हाले भनेका छन्, ‘एक दिन के भयो भने चोलेन्द्र श्रीमानले बोला