न्यायाधीश अनिलकुमार सिन्हा कुनै बेला अधिवक्ता भएर वार्षिक एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्थे । ‘कन्स्ट्रक्सन कन्ट्र्याक्ट’ र करसम्बन्धी मुद्दामा उनको राम्रो दक्खल थियो । उनको ल फर्मले मुख्यतः यस्तै विषयमा कानुनी सहायता प्रदान गथ्र्यो र वार्षिक करिब ६० लाख रुपैयाँ राज्यलाई कर तिथ्र्यो । यहीबीचमा उनलाई न्यायाधीशको अफर आयो र उनी न्यायाधीश भए । राम्रो कमाई गरिरहेको एक अधिवक्ता, के देखेर न्यायाधीश बन्न पुगे ? उनी भन्छन्, ‘इज्जत र सम्मान । यसलाई परिबन्ध त म भन्दिनँ तर पर