प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ भइरहेका बेला न्यायाधीश अनिलकुमार सिन्हा बहसमा रहेका अधिवक्तासँग झोक्किएका छन् ।
रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुन:स्थापना हुँदैन भन्दै हिँडेको र अदालतलाई प्रभावित पार्न खोजेको विषयमा प्रश्न उठाउँदा न्यायाधीश सिन्हा झोक्किएका हुन् ।
'सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुन:स्थापना हुँदैन...