हेटौंडा कपडा कारखाना, विराटनगरको जुटमिल सरकारले फेरि चलाउने बहस चलिरहेका बेला जनतालाई अति आवश्यकीय सेवा दिने सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाले सम्पूर्ण उत्पादन ठप्प गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैद्यखानाको हातामा पुगेर पूर्ण क्षमतामा चलाउने प्रतिबद्धता जनाएको तीन महिना नबित्दै वैद्यखाना धराशायी बनेको हो । वैद्यखानालाई नजिकबाट नियाल्नेहरू निरन्तरको राजनीतिक हस्तक्षेप, सञ्चालक समितिमा गैर व्यवसायिक […]
काठमाडौं । शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाढीले दोस्रो बजारमा आपूर्ति बढेको गुनासो आएसँगै नेपाल धितोपत्र बोर्डले कात्तिक १ गतेपछि आईपीओ स्वीकृति दिएको छैन ।
कात्तिक १ गते बोर्डले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रूपैयाँमा आईपीओ विक्री गर्न अनुमति दिएको थियो । त्यसपछि आईपीओ अनुमति ठप्प छ ।
नियमपूर्वक प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ अनुमति दिँदा पनि बोर्डको नेतृत्व र व्यवस्थापनको आलोचना हुन थालेपछि अध्यक्ष रमेशकुमार हमालले स्वीकृति प्रक्रियामा ढिलाइ गरेका हुन् । नियमपूर्वक काम गर्दा पनि अनेकौं मुद्दा मामिलाको सामना गर्नुपरेकाले कार्यसम्पादन नै सुस्त हुन पुगेको हमालले दाबी गरे ।
बोर्ड अध्यक्षले प्रक्रिया पूरा गरेको फाइल स्वीकृत गर्दा आलोचना भएपछि सञ्चालक समितिमार्फत फाइल स्वीकृत गराउने मनसाय अध्यक्ष हमालको थियो । उनले ‘बजारको दीर्घकालीन विकासका लागि’ आफूले अघि सारेको नीति प्रभावकारी हुने/नहुने विषयमा अहिले व्यवस्थापनसँग छलफल जारी रहेकाले सञ्चालक समितिमा उक्त प्रस्ताव पुगिनसकेको बताए ।
बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर स्वच्छ र पारदर्शी रूपमा काम भइरहेकोमा अनावश्यक आलोचनाबाट काम गर्ने कर्मचारी त्रसित भएको हमालले बताए । उनले यस्ता गतिविधिले नेपालमा सही कामको मूल्यांकन नहुने कुराको पुष्टि गर्ने समेत बताए ।
केही लगानीकर्ताको मागबमोजिम बोर्डले आईपीओ स्वीकृति प्रक्रियामा ढिलाइ गरेपछि चाँडै नै यसको निकास खोज्नुपर्नेमा लगानीकर्ताले नै जोड दिएका छन् । शेयर लगानीकर्ता संघ (नेपाल) का कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले दोस्रो बजारको सकारात्मक गति तय गर्न आईपीओ स्वीकृति प्रक्रिया रोक्नु उचित नहुने बताए । आलोचना भयो भन्दैमा नियामक निकायले आफ्नो नियम नै उल्लंघन गरेर आईपीओ स्वीकृतिमा ढिलाइ गर्न नहुने उनको तर्क छ ।
धितोपत्रको दोस्रो बजारप्रति लगानीकर्ताको जति चिन्ता छ त्योभन्दा बढी चिन्ता र जिम्मेवारी नियामक निकायले लिनुपर्ने भएकाले बजारको भविष्यलाई ध्यानमा राखी बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियालाई निरन्तरता दिनुपर्ने फुल्लेलले बताए ।
पछिल्लो समय बोर्डले सार्वजनिक निष्कासनलाई विशेष प्राथमिकताका साथ अघि बढाएको थियो । बोर्डको यो प्राथमिकताकै कारण वास्तविक क्षेत्रका कम्पनीदेखि जलविद्युत् क्षेत्रका धेरै कम्पनीले आईपीओमा चासो देखाएका छन् । राम्रा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिनेदेखि बुक बिल्डिङ विधिबाट समेत शेयर बेच्न दिने बाटो बोर्डले खुला गरेको थियो ।
लामो समयदेखि अन्योल बनेको बुक बिल्डिङ विधिमार्फत शेयर बेच्ने प्रक्रिया सर्वोत्तम सिमेन्टले अघि बढाएको छ । सर्वोत्तमले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि यो विधिबाट आईपीओ विक्री गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा विक्री भएको आईपीओको कटअफ मूल्य ४०१ रूपैयाँ निर्धारण भएको छ । अब यो मूल्यभन्दा १० प्रतिशत कममा कम्पनीले सर्वसाधारणलाई शेयर बेच्नेछ ।
अर्को एउटा कम्पनीले पनि बुक बिल्डिङ विधिबाट शेयर बेच्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले न्यूनतम ६०८ रूपैयाँदेखि अधिकतम ९१२ रूपैयाँमा बुक बिल्डिङ विधिबाट शेयर विक्रीका लागि २०७९ असार ३१ गते नै बोर्डमा निवेदन दिएको थियो । यो कम्पनीसँगै २२ कम्पनीले आईपीओ अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । बोर्डमा निवेदन दिने २२ कम्पनीमा अन्य समूह अन्तर्गतका ७, होटल तथा पर्यटनतर्फका २, जलविद्युत् समूहका ११, उत्पादन तथा प्रशोधन समूहका २ कम्पनी छन् ।
सरकारको नीतिगत त्रुटिका कारण नर्सिङ कार्यक्रमअन्तर्गतका क्याम्पसको पठनपाठन ठप्प गराइएको भन्दै नर्सिङ कलेजका सञ्चालक आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति गठन गर्दै उनीहरू ११ दिनदेखि धर्नामा छन् । कडा...
दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो । यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथा ढाका पसलकी सञ्चालक शोभा […]
दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो । यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथा ढाका पसलकी सञ्चालक शोभा दाहालले बताइन् । कोरोनाले विगतका वर्षमा व्यापार ठप्प रहे पनि यस वर्ष कोरोना कम भएकाले र तेह्रथुमलाई ढाकाको राजधानी घोषणा भएसँगै ढाकाको व्यापार सोचेभन्दा बढी भएको दाहालले बताइन् । ति
समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निकायले आदेशात्मक व्यवस्था लागू गर्न खोजेको भन्दै हवाई सेवाको नियामक निकाय र वायुसेवा सञ्चालन गर्ने संस्थाबीचको विवाद चुलिएको छ । निर्णय लागू गर्न खोज्ने र निर्णय पालन नगर्ने अडानका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा सञ्चालक संघबीचको विवाद बढेको हो ।प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै हवाई जहाजसञ्चालक कम्पनीले असार […]
काठमाडौँ- निजी हवाई सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि नियमित उडान ठप्प पार्ने भएको छ । सरकारले यसअघिको सम्झौतालाई बेवास्ता गर्दै एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरणविरुद्ध संघ आन्दोलनमा उत्रिएको हो । आज उपत्यकामा पत्रकार […]
नेपाल वायु सेवा सञ्चालक संघले आफूहरुका माग सम्बोधन नभए बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने चेतावनी दिएको छ। मंगलबार पत्रकार सम्मेलन गरी पाँचबुद्धे माग प्रस्तुत गर्दै संघले उडान रोक्ने चेतावनी दिएको...
काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आफ्ना जहाज र हेलिकप्टर नचलाउने बताएका हुन्।विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टर राति काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने सरकारी निर्णयको विरोध गर्दै बुधबार उडान बन्द गर्न लागेका हुन्। सरकारको घोषणा चित्त नबुझेका कारण उडान बन्द गर्नुपर्ने अवस्था आएको संघको भनाइ छ।सरकारसँग ५ बुँदे माग राख्द
पर्वत । कोरोना संक्रमणको जोखिमका कारण कालीगण्डकी नदीमा जलयात्रा (¥याप्mटिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा बहाव घटेलगत्तै शुरू हुने जलयात्रा २ वर्षदेखि ठप्प बनेको हो । योे जलयात्राको पहिलो याम हो भने अर्काे याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना संक्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा सञ्चालन हुन नसकेको सम्बद्ध व्यवसायीले बताएका छन् ।
कालीगण्डकीमा सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यस वर्ष जलयात्राका लागि पर्यटक नआएको कालीगण्डकी ¥याप्mटिङ कम्पनीका सञ्चालक होमबहादुर पुनले जानकारी दिए । उनका अनुसार गतवर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटकको संख्या शून्यजस्तै भएको छ । अहिले केही आन्तरिक पर्यटकले जलयात्राका गर्न बुकिङ गरे पनि एक–दुई दिनका लागि मात्र भएको पुनको भनाइ छ । विदेशी पर्यटक नेपालमै भित्रिन नसकेकाले जलयात्रा ठप्पप्रायः छ ।
कोरोना संक्रमण घट्दै गएकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिए पनि कुनै पनि देशका पर्यटक नआएको पुनले बताए । सलोन ¥याप्mटिङ एण्ड ट्रेकिङ एक्सपिडिसन कम्पनी काठमाडौंका प्रबन्ध निर्देशक देव रेग्मीले बाह्य पर्यटक नआउँदा ¥याप्mटिङ व्यवसाय धराशयी बनेको बताए ।
दुई वर्षअघि लामो समय वर्षा भएकाले एक–दुई साता मात्र जलयात्रा सञ्चालन भएकोमा अहिले कोरोनाले ठप्पजस्तै बनेको उनको भनाइ छ । पर्यटकको संख्या नबढेसम्म जलयात्रा व्यवसायले गति लिन नसक्ने उनले बताए ।
कालीगण्डकी नदीमा छोटो र पारिवारिक जलयात्राका लागि आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एक सिजनमा २ हजारदेखि ३ हजार पर्यटकले जलयात्रा गर्दै आएका थिए ।
पर्वतको कुश्मा नगरपालिका १ पाङ स्थित नयाँपुल तथा मालढुंगाबाट शुरू हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन र प्रदूषणरहित हावापानीका कारण पर्यटक आकर्षित हुने गर्दछन् । कालीगण्डकीमा जलयात्राका लागि धेरै इजरायली पर्यटक आउने गरेका छन् । यस्तै, अस्टे«लिया, यूरोप र अमेरिकाका पर्यटकको पनि आकर्षण देखिन्छ ।