साढे ५९ अङ्कले बढेर शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार

काठमाण्डाै - हिजो साढे ११ अङ्कले बढेको शेयर बजार आज पनि ५९ अङ्कभन्दा धेरैले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ५४ अङ्कले बढेर १ हजार ९ सय ८६ दशमलव ८२ बिन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । २ सय २५ वटा कम्पनीका ५७ लाख ८७ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड रुपैयाँको शेयर किनबेच भयो । नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर १० प्रतिशतले तथा स...

सम्बन्धित सामग्री

लगातार घट्दै आएको शेयर बजार आज सामान्य बढ्यो

बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको पहिलो दिनदेखि लगातार घट्दै आएको शेयर बजार मापन गर्ने नेप्से परिसूचक बुधबार ८ दशमलव तीन नौ अंकले बढेर १८ सय ७५ दशमलव शून्य सात अंकमा पुगेको हो । बजारमा सुधार आउँदा कारोबार रकम भने घटेको छ । दिनभर कुल २ सय ६२ कम्पनीको २६ लाख २ […]

शेयर बजार सामान्य बढ्याे, काराेबार रकम भने घट्याे

काठमाण्डाै – आज साेमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ ।  आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।  नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीकाे २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छन् । हिजो आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ ब...

दिनभर उतारचढाव भएको शेयर बजार ७ अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाण्डाै – शेयर बजार आज बुधवार तेस्रो दिन पनि बढेको छ । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा सात दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ३८ दशमलव ३० विन्दुमा पुगेको छ । बजार खुलेदेखि बन्द हुने बेलासम्म नै बजार बढ्ने र घट्ने भइरह्यो ।  आज बैंकिङ, व्यापार र निर्जीवन बीमाबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि दिनदिनै बढिरहेको छ । दुई सय २७ वटा कम्पनीकाे ४३ लाख ४६ हजार कित्ता शेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख...

७५ अङ्कले बढेर नेप्से २ हजार विन्दुभन्दा माथि, कारोबार रकममा पनि सुधार

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो बुधवार साढे ४१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको छ ।  आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय २७ वटा कम्पनीका ७२ लाख ५४ हजार कित्ता शेयर दुई अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको नाै करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्...

४ दिनसम्म बढेको शेयर बजार आज साढे १८ अङ्कले घट्यो, कारोबार रकममा भने सुधार

काठमाण्डाै – लगातार चार दिनसम्म बढेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ६४ अङ्कले घटेर दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा झरेको छ । आज उत्पादन र अन्यबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो बुधवार दुई अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ क...

तीन कारणले बढ्यो शेयर बजार

काठमाडौं । लामो समयपछि आइतवार नेप्से परिसूचक ह्वात्तै बढेको छ । यस दिन नेप्से परिसूचक ९५ दशमलव ५२ अंकले बढेर २ हजार ४२० दशमलव ९६ कायम भएको छ । आइतवारको उछाल पछाडि तीनवटा कारण रहेको लगानीकर्ता तथा दलाल व्यवसायी बताउँछन् । उनीहरुका अनुसार स्थानीय चुनावले वित्तीय प्रणालीमा तरलता बढाउने विश्वास, नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋण जोखिम न्यून रहेको आशयको विश्व बैंकको विज्ञप्ति र ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनलाई धितोपत्र बोर्डले सहज बनाउने तयारी गरेको समाचारले लगानीकर्तामा उत्साह थपिँदा बजारमा उछाल आएको हो ।   आइतवार स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता शुरु भएको छ । यसबाट लगानीकर्ता निर्वाचन हुनेमा विश्वस्त भएका छन् । चुनावका क्रममा हुने खर्चले वित्तीय प्रणालीमा देखिएको तरलता अभावलाई सहज बनाउने उनीहरुको विश्लेषण छ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले चुनावी माहोलकै कारण आइतवार बजारमा उत्साह देखिएको बताइन् । चुनावको खर्च वित्तीय प्रणालीमार्फत परिचालन भई यसले तरलता संकटको स्थितिमा केही सुधार ल्याउने विश्वास पोखरेलको छ । चुनाव होला कि नहोला भन्ने अन्योलबीच उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै लगानीकर्ता आगामी दिनमा बजार सकारात्मक बन्नेमा आशावादी देखिएको उनको बुझाइ छ । आगामी दिनमा पनि बजार यही गतिमा बजार बढ्छ या घट्छ भन्नुभन्दा पनि चुनाव हुने निश्चित भएपछि लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव परेको उनले बताइन् । धितोपत्र दलाल व्यवसायीले पनि स्थानीय चुनाव हुने पक्का भएसँगै आइतवार कारोबारका लागि सकारात्मक माहोल बनेको प्रतिक्रिया दिए । कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३५) का प्रबन्ध निर्देशक एवम् स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष भरत रानाभाटले पनि बजार सकारात्मक बन्नुको पछाडि चुनावी माहोलको मुख्य हात रहेको स्वीकार गरे । विश्व बैंकको पछिल्लो विज्ञप्तिले पनि शेयर बजार उकास्न मद्दत गरेको उनको बुझाइ छ । विश्व बैंकले बिहीवार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको सार्वजनिक ऋण पछिल्लो ५ वर्षमा उल्लेख्य बढेको तर ऋणको जोखिम नरहेको स्पष्ट पारेको थियो । नेपाली अर्थतन्त्र पनि श्रीलंकापथमा अग्रसर रहेको चर्चाबीच आएको विश्व बैंकको विज्ञप्तिले लगानीकर्ताको मनोबल बढाएको रानाभाटको अनुमान छ । वित्तीय प्रणालीमा तरलता अभाव भइरहेको बेला ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनमा धितोपत्र बोर्डले सहज वातावरण बनाउने तयारी गरेको समाचार बाहिरिनुसँग पनि आइतबारको बजारको सम्बन्ध देख्छन् उनी । ‘यसले पनि लगानीकर्ताको मनोबल बढायो,’ रानाभाटले भने । मार्जिन लोनमा देखिएका बाधा, अप्ठ्यारा फुकाउन बोर्ड सहमत भए करीब दुई दर्जन ब्रोकरबाट सेवा प्रवाह भई तरलताका कारण प्रभावित बनेको बजार सुधार हुनेमा रानाभाट आशावादी छन् । आइतवार एकै दिन लगानीकर्ताको सम्पत्ति मूल्य १ खर्ब ३५ अर्ब ८८ करोड रुपैयाँभन्दा धेरैले बढेको छ । गत बिहीवार ३३ खर्ब ७ अर्ब ९२ करोड रहेको कुल बजार पूँजीकरण आइतवार ३४ खर्ब ४३ अर्ब ८१ करोड नाघेको छ । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीवार १ अर्ब ६२ करोड ९१ लाखभन्दा बढीको कारोबार भएकोमा आइतवार २ अर्ब ५३ करोड १२ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यस दिन जलविद्युत् समूहको सर्वाधिक ५७ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । २३८ कम्पनीको धितोपत्र कारोबार भएकोमा २२२ ओटाको मूल्य बढेको छ । यीमध्ये पनि ३ दर्जन कम्पनीको धितोपत्रको मूल्य उच्च दरमा बढेको छ । यस दिन ४ कम्पनीको धितोपत्रको मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर छ । आइतवारको कारोबारबाट वित्त समूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ।

दोहोरो अंकले बढ्यो शेयर बजार

२२ पुस, काठमाडौ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेस्पेमा ४३.२९ अंकको सुधार आएको छ । समग्र परिसूचक १.६३ प्रतिशतले बढेको बजारमा कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरवट देखिएको छ । बिहीबार २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड […]

नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

काठमाडौं : दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले वृद्धि भएको छ।बुधबार नेप्से परिसूचक र कारोबार रकमसमेत मंगलबारको तुलनामा सामान्य  सुधार भएको छ। आज नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ।त्यस्तै, आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि  ०.०१ अंक बढेको छ।आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खर