काठमाण्डाै – लामो समयपछि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा उत्पादन, बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार दोहोरो अङ्कले बढे पनि कारोबार रकममा भने सुधार आएको छैन ।
आज दुई सय ६२ वटा कम्पनीका ३३ लाख १५ हजार कित्ता शेयर ९४ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड १० लाख रुपैयाँको र तमो...