काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार अन्त्यका लागि आफूहरूलाई सम्झिन सरकारलाई आग्रह गरेका छन्। शनिबार रास्वपा बूढानीलकण्ठको नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारविरूद्ध निर्मम बन्न आग्रह गर्दै सहयोग चाहिए आफूहरूलाई सम्झिन आग्रह गरेका हुन्।‘कुनै त्यस्तो मुद्दा छैन जसमा नेपाली जनताका लागि आवश्यक भएको होस् र रास्वपाले त्यसमा साथ नदिएको होस्। हामी जनताको मुद्दामा निस्वार्थ सहभागी छौं। सरकारलाई सहयोग चाहिए हामीलाई भने हुन्छ। सरकारले जनताक