अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्र निकट पत्रकारलाई भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।उनले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न पत्रकारलाई आग्रह गरे । ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्&r