भ्रष्टाचार र अनियमितताका विरुद्ध कलम चलाउन पत्रकारहरुलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।   पोखरामा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले  अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गर्नुभएको हो । देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो । सरकारले पहिलो पटक गरिबहरुलाई ...