-प्रकाश पाक्साँवासेतै फुलेका कपाल । चाउरी परेको अनुसार । नसैनसा भरिएका हात खुट्टा । अँध्यारो चुलोमा पकाउँदै गरेको खानेकुरा । घरको परिवार भन्नु नै एक मात्रै । यी हुन तेह्रथुम छथर गाउँपालिका–३ पञ्चकन्या लुकुवाकी ७८ वर्षीया श्रीहाङमा लिम्बुनी । उमेरमा विवाहका लागी धेरैले मन पराए । तर, उनले विवाह गरिनन् । जंगलको बीचमा खरले छाएको घरमा बस्दै आएकी छिन् । घरमा स्थानीय सरकारले बिजुली जडान दिएको थियो । तर, तार मुसाले काटी दिएपछि उनको हरेक रात अँध्यारो मै बित्छ । घर नजिकै रहेको सानो झुप्रोमा रात