काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २६ गते काठमाडौँबाट बिदाइ गरेसँगै सुरु भएको सडक उद्धार अभियानका क्रममा बडादसैँको मुखमा सडकमा कष्टकर जीवन बिताइरहेका ३३ जनाले खाना, नाना र छाना प्राप्त गरेका छन्। सडकआश्रित मानवहरूको उद्धार गरी संरक्षण तथा परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा सुरु गरेको मेची–महाकाली उद्धार अभियानका क्रममा अहिलेसम्म सडकमा कष्टकर जीवन बिताइरहेका ३३ जनाले आश्रय पाएका हुन्। आश्रमका