जिल्ला अदालत काठमाडौंले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा कांग्रेस सांसद सुनील शर्मालाई थुनाबाहिर र पाँच चिकित्सकलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली प्रमाणपत्रको मुद्दाको अनुसन्धान अघि बढाउन अदालतसँग म्याद थपको अनुमति माग गर्दा शर्मालाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।