जनकपुर । प्रदेश नम्बर २ सरकारको मातहत रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा मंगलबार मध्यरातसम्म अख्तियारले छापा मारेपछि यातायात कार्यालयले सवारी चालकको सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले मंगलबार दिउसो ४ बजेदेखि ७ घण्टे अप्रेशनपछि यातायात व्यवस्था कार्यालय जनकपुरले सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख विरेन्द्र साहले बुधबार एक सूचना जारी गर्दै यस कार्याल