पोखरा विश्वविद्यालयद्वारा अनिश्चितकालका लागि परीक्षा स्थगित

पोखरा । पोखरा विश्वविद्यालयले सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । परीक्षा नियन्त्रक प्रा.डा.टेकराज ज्ञवालीले सरकारको नयाँ निर्णयपछि मात्र परीक्षा हुने बताएका छन् । विश्वविद्यालयको प्रशासन खुला रहने बताउँदै सवै प्राध्यापकहरूलाई अनलाईन माध्यमबाट अध्यापन गराउन र विद्यार्थीहरुलाई सोही अनुसार अध्ययन गर्न उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले अनुरो

सम्बन्धित सामग्री

कोरोना कहर : पोखरा विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा आजैदेखि स्थगित

कोरोना महामारीलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय अन्तर्गत सुचारू भइरहेको र सुचारु हुने सबै परीक्षा अनिश्चितकालका लागि बन्द भएको छ । विश्वविद्यालयले सोमवारदेखि नै लागू हुने गरी सबै परीक्षा बन्द गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक प्रा.डा. टेक राज ज्ञवालीले जानकारी दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशन समितिको बैठकको निर्णयअनुसार परीक्षा स्थगित गरिएको हो ।