सरकारको निर्णयपछि पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ ।
सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।