काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सञ्चालन हुँदै आएको वार्षिक परीक्षा वैशाख १४ गते सूचना जारी गरी अनिश्चितकालका लागि स्थगित गर्याे। त्यहीबेला स्नातक तहका मानविकी,व्यवस्थापन, शिक्षा संकायका वार्षिक परीक्षा सञ्चालन हुँदै आएका थिए।परीक्षा स्थगित गरेको एक महिना वितिसक्दा पनि अहिलेसम्म त्रिविले रोकिएको परीक्षाको अन्योलता हटाउन सकेको छैन। जसकारण परीक्षार्थी चिन्तित छन्। आगामी साउनसम्ममा स्नातक तहका सबै संकायका प्रथम र दोस्रो वर्षको परीक्षा