घरको एक्लो छोरो 'लाहुरे हो टन्न कमाउँछ' लमीको यस्तो कुरा सुनेपछि बुवाले पनि आफूले सम्हालेर हुर्काएको फूल अर्कैको हातमा सुम्पिनु भयो। मेरो त पढ्ने मन थियो। छोरीको जात धेरै दिन माइतीमा राख्नुहुँदैन भन्ने पण्डितको सल्लाहले मेरा सपना अस्ताउन बाध्य भएका थिए।