दाङ – घोराहीका मनकाजी बुढामगरको बाल्यकालदेखि १२ कक्षा पढ्दासम्म मन मस्तिष्कमा लाहुरे बन्ने हुटहुटी थियो । तर बाल्यकालदेखि साँचेको लाहुरे बन्ने सपना समयले बदल्दियो । बाल मनस्थितिले लाहुरे बन्ने सपना देख्थ्यो । अलिक बुझ्ने हुँदा, गाउँका अरूले रोजेको गन्तव्य अमेरिका जाने सपना बुन्नुभयो उहाँले पनि । बिहेपछि भने श्रीमान् श्रीमती दुवैको एउटै सपना अस्ट्रेलियामा सेटल हुने थियो । तर ‘सपना त सपना हो बिपनीमा रित्ती हाल्छ ।’ लता मंगेशकर र रामकृष्ण ढकालले गाएको बाचँन्जेलीलाई बोलको गीतको यो लाइनजस्तै ...