मनोनयन गर्ने दिनमै सिटौलाले सभापतिमा उम्मेद्वारी दिने नदिने घोषणा गर्ने

काठमाडौँ – कांग्रेसको भावी नेतृत्व चयनमा निर्णायक जस्तै देखिएका कृष्णप्रसाद सिटौलाले यसपटक सभापतिमा आफ्नो उम्मेद्वार रहने वा नरहे भन्नेबारे मनोनयन हुने दिनमै घोषणा गर्ने बताएका छन्। महाधिवेशनबारे आफू निकट नेताहरुसँगको छलफलपछि सिटौलाले आफ्नो चुनावी रणनीति पर्सी सार्वजनिक गर्ने भएका हुन्। अघिल्लो पटक सभापतिमा प्रतिस्पर्धा गरेका सिटौलालाई यसपटक पनि सभापतिकै उम्मेद्वारका रुपमा हेरिएको छ। तर उनले […]

सम्बन्धित सामग्री

कैलाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि  मतदान हुँदैछ । धनगढीको कभर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका

सभापतिमा मनोनयन दर्ता गराउन सभागृह पुगे विमलेन्द्र निधि

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्। महिनौं अघि नै सभापति पदमा नै उम्मेद्वारी दिने घोषणा गरेका उनी सभागृह पुगेका हुन्। सभापतिका लागि प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङले मनोनयन दर्ता गराइसकेका छन्।

कांग्रेस सभापतिमा प्रकाशमानले दर्ता गराए उम्मेदवारी

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभागृह पुगेर सिंहले करीब साढे ३ बजे उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार बनेकी छन् । कोइराला परिवारबाट आफ्नै दाजु डा. शेखर कोइराला सभापतिमा उम्मेदवार बने पनि सुजाताले प्रकाशमानको प्यानल रोजेकी हुन् । राष्ट्रिय सभागृह जानुअघि प्रकाशमानले यलम्बर पार्टी प्यालेसमा उम्मेदवारी घोषणा सभालाई सम्बोधन गरेका थिए । कांग्रेस संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रया...

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी छन् । सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् । […] The post प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । शनिबार नेता सिंहले राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रकाशमान सिंह

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ । राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

कांग्रेस सभापतिमा कल्याण गुरूङको उम्मेदवारी दर्ता

न्युज अफ नेपाल, काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन दोस्रो दिन मनोनयन दर्ता गर्ने क्रममा सभापतिमा केन्द्रीय सदस्य कल्याण गुरूङको उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । जारी कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । […]

कांग्रेस मोरङ सभापतिमा त्रिपक्षीय भिडन्तको सम्भावना

मोरङ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा जिल्ला अधिवेशनका लागि मनोनयन दर्ता हुँदैछ। जिल्ला निर्वाचन समितिका अनुसार शुक्रबार १२ देखि ४ बजेसम्म विराटनगरस्थित पार्टी कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु हुनेछ। जिल्ला सभापतिमा डिगबहादुर लिम्बू, यदुकुमार विष्ट र दिलीप गच्छदारले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यस्तै २ जना चयन हुने उपसभापतिका लागि ४ जना आकांक्षी […]