काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रकाशमान सिंह

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ । राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

सम्बन्धित सामग्री

बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे प्रकाशमान सिंह

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंह बाजागाजासहित उम्मेदवारी दर्ता गराएका छन् । सिहंले अपरान्ह ३:२० मा सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।प्रकाशमानको प्यानलबाट काँग्रेस नेत्री सुजाता कोइरालाले पनि आजै उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनीहरु आजै उम्मेदवारी घोषणा गरेका थिए ।

एक पटक प्रकाशमानको नयाँ नेतृत्वलाई हेरौँ: सुजाता कोइराला

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले प्रकाशमान सिंह नेतृत्वको नयाँ नेतृत्वलाई स्वीकार गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । शनिबार प्रकाशमान सिंहको सभापतिमा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सोही टीमको उपसभापति पदकी उम्मेदवार कोइरालाले पार्टीलाई गति दिन पनि नयाँ नेतृत्वको जरुरी रहेको बताइन् । उनले आफू नै पनि सभापतिको दाबेदार भए पनि प्रकाशमानको भिजन र दृष्टिकोणलाई स्वीकारेर उपसभापतिको उम्मेदवार बन्न तयार भएको बताइन् । उनले काँग्रेसको जनाधार खस्किँदै गएको भन्दै

अवधारणापत्र सार्वजनिक गरेर उम्मेदवारी दर्ता गर्दै प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् । सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । ‘अवधारणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी […]

सभापतिबाट पछि हट्दिन, उम्मेदवारी दर्ता गर्छु : प्रकाशमान सिंह

काठमाडौं - नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन् । चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताए ।  उनले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै म…

सभापतिबाट पछि हट्दिन, उम्मेदवारी दर्ता गर्छु : प्रकाशमान सिंह

काठमाडौं - नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन् । चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताए ।  उनले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै म…

नेतृत्व परिवर्तन गर्न नसके कांग्रेसलाई आगामी दिनमा गाह्रो हुन्छ – प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन्। वर्तमान पार्टी नेतृत्वले निर्वाचनमा कांग्रेसलाई ३० सीटमा सीमित गराएको भन्दै उनले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिने बताए। नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति पदमा कृष्ण बानियाँ (सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै […]

कांग्रेसमा को बलियो ! को प्रतिस्पर्धी !

सत्तारूढ दल नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको मिति आउन दुई महिना बाँकी रहँदासम्म कुनै पनि केन्द्रीय नेताले सभापतिको उम्मेदवारी घोषणा गरेका छैनन् । धेरैले ‘मपाईं’ भनेका छन् तर कसैले पनि ‘तपाईं’ नै हो भनेका छैनन् । वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद […]