काँग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । शनिबार नेता सिंहले राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

सम्बन्धित सामग्री

काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रकाशमान सिंह

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ । राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

एक पटक प्रकाशमानको नयाँ नेतृत्वलाई हेरौँ: सुजाता कोइराला

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले प्रकाशमान सिंह नेतृत्वको नयाँ नेतृत्वलाई स्वीकार गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । शनिबार प्रकाशमान सिंहको सभापतिमा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सोही टीमको उपसभापति पदकी उम्मेदवार कोइरालाले पार्टीलाई गति दिन पनि नयाँ नेतृत्वको जरुरी रहेको बताइन् । उनले आफू नै पनि सभापतिको दाबेदार भए पनि प्रकाशमानको भिजन र दृष्टिकोणलाई स्वीकारेर उपसभापतिको उम्मेदवार बन्न तयार भएको बताइन् । उनले काँग्रेसको जनाधार खस्किँदै गएको भन्दै

अवधारणापत्र सार्वजनिक गरेर उम्मेदवारी दर्ता गर्दै प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् । सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । ‘अवधारणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी […]