ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान

काठमाडौँ, १० फागुन: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । हिजो सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पदक […]

सम्बन्धित सामग्री

प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा पौडेलले सहभागिता जनाउने

काठमाडौं । अतिकम विकसित मुलुकहरुको उच्चस्तरीय एसिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालको तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले सहभागिता जनाउने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई भर्चुअलरुपमा सहभागिता जनाउन अनुमति दिएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन् ।

निजी क्षेत्रमार्फत् नेपालमा लगानी गर्न आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निजी क्षेत्रमार्फत् जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधार लगायतका क्षेत्रमासमेत लगानी गर्न आग्रह गरेका छन् ।विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन वोर्ड अफ् गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डले अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्ष लगायतका उच्च पदाधिकारीहरुसँग भएको भेटमा उनले नेपालको अर्थतन्त्रको संभावनाबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय वित्त निगमले नेपाल निजी क्षेत्रमार्फत् लगानी गर्न आग्रह गरेका हुन् ।