बझाङ : गएको मंगलबार दिउसोको भूकम्पमा परी बझाङमा ठूलो भौतिक क्षति भएको छ। दिउँसोको समयमा भूकम्प आउँदा मानवीय क्षति भने हुन सकेको छैन। जिल्लाका सयौं घरमा क्षति पुगेको छ। कतिपयको घर भत्किएको छ भने, कयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ। भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरू समस्यामा परेको भूकम्प पीडितको भनाइ छ। जिल्लामा भूकम्पले पुर्याएको क्षति बारे जानकारी लिई प्रधानमन्त्री तथा मन्त्रीहरूको टोली शुक्रबार राजधानी फिर्ता भएको छ