जाजरकोट : जिल्लाको पूर्वी क्षेत्रमा रहेको ठूलो सिँचाई आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्ष पछि पुनः निर्माण गरिने भएको छ।बारेकोट गाउँपालिका ४ र ५ मा रहेको नायकबाडा सिँचाइ आयोजना २०४२ सालमा काम सुरुवात भएको थियो।यो सिँचाइ आयोजना तत्कालीन वन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भएपनि बीचमै काम रोकिएको थियो।कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आयोजना निर्माण गर्नका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिएका थिए। अध्ययन समितिले