विद्यालय जाँदा किताब बोक्न नपर्ने भएपछि विद्यार्थी खुसी

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारण ल्याएपछि विद्यार्थी खुसी भएका छन् ।

सम्बन्धित सामग्री

शीतलहर छल्न ज्याकेट पाएपछि विद्यार्थी खुसी

सामुदायिक विद्यालयका विद्यार्थी ज्याकेट पाएपछि खुसी भएका छन् । लहान नगरपालिकाका केही विद्यालयका विद्यार्थीहरूलाई शीतलहर छल्न र नियमित विद्यालय आउने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।

शनिबार विद्यालय पढ्न पाएपछि विद्यार्थी खुसी

वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्र बुढीनन्दा नगरपालिकाका –७ डाप्कमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शनिबार र विदाको दिन समेत बालवालिकालाई विद्यालयमा पठनपाठनको व्यवस्था गरेपछि विद्यार्थी खुशी भएका हुन् ।

फिलिपिन्समा साढे २ वर्षदेखि बन्द रहेका विद्यालय आजदेखि खुले, विद्यार्थी खुसी

फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय खुलेका छन् । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका र लाखौँ विद्यार्थी कक्षाकोठामा पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ ।   कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ बन्द गरेर सबैभन्दा ढिलो विद्यालय खुलाउने अन्तिम देश फिलिपिन्स बनेको छ । विश्वभर विद्यालय यसअघि नै खुलिसकेका छन् । सन् २०२० को मार्चपछि आज पहिलो पटक निकै खुसी हुँदै विद्यार्थी विद्यालय गएका दृश्य देखिएका छन् । बालबालिकालाई मास्क, स्यानिटाइजर र तापक्रम मापन अनिवार्य गरिएको खब...

सुविधा सम्पन्न शौचालय प्रयोग गर्न पाउँदा विद्यार्थी खुसी

विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण भएपछि जुम्लाका विद्यार्थीहरु खुसी भएका छन् । शारदा आधारभूत विद्यालय सिंजा ४ र नवदुर्गा आधारभूत विद्यालय कनकासुन्दरी ३ जुम्लामा सुविधा सम्पन्न शौचालय निर्माण भई नियमित प्रयोगमा आएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु खुसी भएका हुन् ।वर्षौंदेखि शौचालय भएपनि पानी नहुने र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै शौचालय नहुँदा विद्यार्थीहरुले हैरानी खेप्नु परेको थियो । विद्यार्थीहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गरि महिला, पुरुष र अपांग मैत्री शौचालय निर्माण सम्पन्

कोरोना महामारीपछि रिसाहा बने विद्यार्थी

काठमाडौँ– कोरोना महामारीका कारण बन्द भएका विद्यालय पुन सञ्चालनमा आएको करिब १ महिना भयो । देशभरका प्राय सबै विद्यालयहरूले दशैँतिहारपछि भौतिक रूपमा कक्षा सञ्चालन गरेका छन् । विद्यालय खुलेसँगै अधिकांश विद्यार्थीहरू खुसी भएका छन् भने केही विद्यार्थीहरूमा मनोवैज्ञानिक समस्या देखिएको शिक्षकहरू बताउन थालेका छन् । अहिले विद्यार्थीहरूमा रिसाउने, पढ्न नमान्ने, शिक्षकले दिएको गृहकार्य नगर्ने, अटेरी […]

उपत्यकाका विद्यालय : कतै विद्यार्थीको भीड, कतै झाडी मौलाउँदै

काठमाडौं : शुक्रबार बिहान साढे ९ बजे गोकर्ण,नयाँपाटीमा रहेको बाल सुधार माध्यमिक विद्यालयमा पुग्दा कोही विद्यार्थी खेलिरहेका थिए । कोही साथीभाइसँग गफिँदै थिए। कोही पढ्न आउने क्रम जारी थियो ।धेरैपछि विद्यालयमा उपस्थित भएर साथीभाई भेट्न पाउँदाको खुसी उनीहरुको अनुहारमा स्पष्टै देखिन्थ्यो।  विद्यार्थी रुपा राईले विद्यालयमै आएर पढ्न पाउँदा धेरै खुसी लागेको सुनाइन।कक्षा ७ मा अध्ययनरत रुपाले भनिन्,‘घरमा हुँदा घरी बत्ती जान्थ्यो, घरी नेट गएर पढाई छुट्थ्यो,अहिले यहीँ आएर पढ्न पाउँदा ख

चार महिनापछि विद्यालय जान पाउँदाको खुसी

कोरोना भाइरस संक्रमणका कारण गत वैशादेखि बन्द रहेका विद्यालयहरु विस्तारै खुल्न थालेका छन् । यसै क्रममा पाल्पाको रामपुर नगरपालिकाभित्र आइतबारदेखि भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय जाँदै गरेका रामतुलसी मावि रामपुरका विद्यार्थी । तस्बिर सुशीला रेग्मी/रासस

विद्यालय जान पाएपछि विद्यार्थी खुुसी

गैर सिकाइमूलक कार्यमा समय बिताएका विद्यार्थी नयाँ शैक्षिक सत्र सुरु भएको अढाइ महिनापछि विद्यालय जान पाउँदा खुसी हुन थालेका छन् । कोरोना महामारीका कारण गत वैशाखदेखि विद्यालय बन्द गरिएको थियो । झन्डै पाँच महिनापछि गत आइतबारबाट कैलालीका विद्यालयहरू पूर्ण रूपमा खोलिएको छ । ‘छ पास गरेर सात कक्षामा पुगेकाले विद्यालय जान हतार भएको थियो’, रामपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत स्वप्निल चौधरीले भन्नुभयो, ‘बल्ल विद्यालय गएर नयाँ कक्षामा पढ्न पाउँदा खुसी लागेको छ ।’ आफ्नो विद्यालयले दुई ‘सिफ्ट’ गरेर पढाउने गरेको र आफूहरूको कक्षा ११ बजेपछि सुरु हुने गरेको उहाँले जानकारी दिनुभयो ।

विद्यालय खुलेपछि विद्यार्थी खुसी

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेले का अथर्व पालका लागि सोमबार दिन विशेष दिन बन्यो। करिब एक वर्षपछि स्कुल गएर पढ्न पाउनु पाउँदा उनी निकै खुसी भए। कोरोना भाइरससँगै गत चैत ६ गतेबाट बन्द भएको उनको स्कुल सोमबार पहिलो पटक भौतिक रूपमा विद्यार्थी उपस्थित भएर कक्षा सुरु भएको छ।