फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय खुलेका छन् । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका र लाखौँ विद्यार्थी कक्षाकोठामा पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ बन्द गरेर सबैभन्दा ढिलो विद्यालय खुलाउने अन्तिम देश फिलिपिन्स बनेको छ । विश्वभर विद्यालय यसअघि नै खुलिसकेका छन् । सन् २०२० को मार्चपछि आज पहिलो पटक निकै खुसी हुँदै विद्यार्थी विद्यालय गएका दृश्य देखिएका छन् । बालबालिकालाई मास्क, स्यानिटाइजर र तापक्रम मापन अनिवार्य गरिएको खब...