वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्र बुढीनन्दा नगरपालिकाका –७ डाप्कमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शनिबार र विदाको दिन समेत बालवालिकालाई विद्यालयमा पठनपाठनको व्यवस्था गरेपछि विद्यार्थी खुशी भएका हुन् ।