गैर सिकाइमूलक कार्यमा समय बिताएका विद्यार्थी नयाँ शैक्षिक सत्र सुरु भएको अढाइ महिनापछि विद्यालय जान पाउँदा खुसी हुन थालेका छन् ।
कोरोना महामारीका कारण गत वैशाखदेखि विद्यालय बन्द गरिएको थियो । झन्डै पाँच महिनापछि गत आइतबारबाट कैलालीका विद्यालयहरू पूर्ण रूपमा खोलिएको छ ।
‘छ पास गरेर सात कक्षामा पुगेकाले विद्यालय जान हतार भएको थियो’, रामपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत स्वप्निल चौधरीले भन्नुभयो, ‘बल्ल विद्यालय गएर नयाँ कक्षामा पढ्न पाउँदा खुसी लागेको छ ।’ आफ्नो विद्यालयले दुई ‘सिफ्ट’ गरेर पढाउने गरेको र आफूहरूको कक्षा ११ बजेपछि सुरु हुने गरेको उहाँले जानकारी दिनुभयो ।