प्रतिफल वितरण हुने

एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्र्तगत सञ्चालित पहिलो खुलमुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ले एकाइ धनीहरुलाई १० प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफल वितरण गर्नका लागि एकाइ धनी दताए किताव बन्द गरिएको बैंकले जनाएको छ ।एनआईसी एसिया क्यापिटलले खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पुनः लगानी गर्न […]

सम्बन्धित सामग्री

सनराइज फर्स्ट म्युचुअल फण्डले शुक्रवारदेखि प्रतिफल वितरण गर्ने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले करसमेत १६ प्रतिशत प्रतिफल असोज २६ गते शुक्रवारदेखि वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट योजनाले यस वर्ष करसमेत उक्त लाभांश वितरण गर्न लागेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले असोज १४ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् । योजना व्यवस्थापक सनराइज क्यापिटलको साउन २५ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्षको मुनाफाबाट करसमेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो ।

प्रभु सेलेक्ट फण्डद्वारा प्रतिफल वितरण

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले यस वर्षको प्रतिफल वितरण गरेको छ । कम्पनीले यस वर्ष करसमेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गरेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले यही असोज १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १२ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूको बैंक खातामै प्रतिफल वितरण गरिएको जानकारी योजनाले गराएको हो । यसर्थ आफ्नो बैंक खातामा प्रतिफल जम्मा भए/नभएको यकिन गर्नसमेत योजनाले अनुरोध गरेको छ ।  बैंक खातामै प्रतिफल जम्मा गरिने भएकाले हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र गराउनसमेत योजनाले अनुरोध गरेको छ । असोज १२ गतेसम्म आफ्नो इकाई धितो राखी कर्जा लिएका इकाईधनीहरूको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र प्रभु क्यापिटल लिमिटेडमा पेस गर्नसमेत योजना व्यवस्थापकले आग्रह गरेको छ । यस योजनाले पहिलो पटक प्रतिफल वितरण गरेको हो । यस योजना सञ्चालनका लागि २०७८ जेठ १४ गते १२ करोड ५० लाख इकाई विक्री गरिएको थियो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १० रुपैयाँ ९० पैसा रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले ५ प्रतिशत प्रतिफल दिने

१६ असोज, काठमाडौं । ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले इकाइधनीलाई ५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको १५ असोजमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांशमा लाग्ने करसहित उक्त प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित प्रतिफल वितरणका लागि इकाइधनी दर्ता किता बन्द हुने […]

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको […]

नागरिक लगानी कोषद्वारा थप १.५ प्रतिशत प्रतिफल वितरण

नागरिक लगानी कोषले सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिस अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा कोषमा मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा सो प्रतिफल दिने निर्णय भएको हो । यसअघि पनि कोषले १.५ प्रतिशत […]

सानिमा इक्विटी फन्डले इकाइधनीलाई २२ प्रतिशत नगद प्रतिफल दिने

२८ भदौ, काठमाडौं । सानिमा इक्विटी फन्डले २०७८/७९ को मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको उक्त फन्डले इकाइधनीलाई २२ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । सोमबार बसेको सानिमा क्यापिटलको सञ्चालक समिति बैठकले कोष प्रवर्द्धक सानिमा बैंक रहेको १ अर्ब ३० करोडको उक्त फन्डले गत […]

कुमारी इक्वीटी फण्डद्वारा प्रतिफल वितरण

भदौ ४, काठमाडौं । कुमाारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले ५ प्रतिशत प्रतिफल इकाईधनीहरुमा वितरण गरेको छ ।  योजनाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामै उक्त नगद लाभांश भदौ १ गतेदेखि जम्मा गरेको जानकारी दिएको हो ।  साथै, हालसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र गराई प्रतिफल प्राप्त गर्न समेत यस योजनाले अनुरोध गरेको छ ।

सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्दै

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई कर सहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो । सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।

लगानी कोषले एक अर्ब तीन करोड प्रतिफल दिने

काठमाडौं। नागरिक लगानी कोषले कर्मचारीको बचत वृद्धि गर्न एक अर्ब तीन करोड रुपैयाँ वितरण गर्ने भएको छ। कोषमा आबद्ध सबैलाई एक प्रतिशत प्रतिफल थप्दै उक्त रकम वितरण गर्ने भएको हो। उक्त प्रतिफल लगानी कोषमा खाता भएकाहरुको खातामा स्वतः जम्मा हुनेछ। कोषले अवकास कोष सञ्चालन कार्यविधि, २०५९ को दफा १०(३) को व्यवस्थाअनुसार प्रतिफल दिने भएको हो।