सनराइज फर्स्ट म्युचुअल फण्डले ५०% प्रतिफल वितरण गर्ने

साउन ३२, काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।  यस प्रतिफलका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी छ । यस फण्डले ८ करोड ६० लाख इकाई विक्री गरेको हो ।  असार मसान्तसम्म यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूूल्य रू. १९ दशमलव २१ रहेको छ । यस अवधिसम्म फण्डले रू. ७६ करोड ८१ लाख २८ हजार नाफा गरेको छ ।

सम्बन्धित सामग्री

सनराइज फर्स्ट म्युचुअल फण्डले शुक्रवारदेखि प्रतिफल वितरण गर्ने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले करसमेत १६ प्रतिशत प्रतिफल असोज २६ गते शुक्रवारदेखि वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट योजनाले यस वर्ष करसमेत उक्त लाभांश वितरण गर्न लागेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले असोज १४ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् । योजना व्यवस्थापक सनराइज क्यापिटलको साउन २५ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्षको मुनाफाबाट करसमेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्डले तय गर्‍यो बुक क्लोजको मिति

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । फण्डले असोज १४ गते बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् । फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट इकाईधनीहरूलाई करसमेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो । योजना व्यवस्थापक सनराइज क्यापिटलको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्षको मुनाफाबाट करसमेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो ।

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको […]

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गर्‍यो लाभांश घोषणा, १२ प्रतिशत वितरण गर्ने

काठमाडौं। सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ। फर्स्ट म्युचुअल फण्ड सनराइज

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य घट्यो

असोज १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट  म्युचुअल फण्डले भदौ मसान्तसम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तको तुलनामा भदौ मसान्तमा घटेको हो । साउन मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. २०  दशमलव ४८ रहेकोमा भदौ मसान्तमा घटेर रू. १४ दशमलव ६२ कायम भएको छ । आव २०७७/ ७८ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण समायोजन भएकाले फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको हो । फण्डले भदौ मसान्तसम्ममा रू. ८ करोड ६ लाख ८४ हजार नाफा कमाएको छ  । यो नाफा साउन मसान्तको तुलनामा भदौ मसान्तमा ४८ प्रतिशत घटेको हो । साउन मसान्तसम्ममा फण्डले रू. १५ करोड ५१ लाख ६४ हजार नाफा कमाएको थियो । भदौ मसान्तसम्ममा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । साउन मसान्तसम्ममा रू. १५ करोड ८० लाख ३० हजार आम्दानी गरेको उक्त फण्डको आम्दानी भदौ मसान्तमा घटेर रू. ८ करोड ५५ लाख २० हजारमा सीमित भएको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल आजदेखि वितरण गरिने

भदौ २२, काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले आज (मंगलवार) गतेदेखि इकाईधनीहरुमा प्रतिफल वितरण गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट इकाईधनीहरुलाई कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।  सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाले प्रतिफल प्रयोजनका लागि भदौ १६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १५ गतेसम्म कायम शेयरधनीहरु मात्र फण्डको प्रतिफल प्राप्त गर्न योग्य भएका छन् ।  फण्डले इकाईधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामै नगद लाभांश जम्मा गर्न लागेको हो । यसर्थ हालसम्म पनि बैंक खाता हितग्राही खातामा अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न फण्डले आग्रह गरेको छ ।  साथै, आफ्नो इकाई धितो राखेका इकाईधनीहरुको हकमा भने प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र अनिवार्य रुपमा प्रस्तुत गर्न फण्डले आग्रह गरेको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन भएको छ। फण्डले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। फण्डको यस दिन ५० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात फण्डको इकाई मूल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ। फण्डको इकाई भदौ १५ गते, मंगलबार १८ रुपैयाँ १३ पैसामा अन्तिम कारोबार भएको थियो। सनराइज बैंकद्वारा प्रवर्धित तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले आर्थिक वर्ष २०७७/...

सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्दै

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई कर सहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो । सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांशमा ६ करोड वितरण गर्दै, तोक्यो बुक क्लोज मिति

काठमाडौं। सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित  सनराइज फर्स्ट म्युचुअल फण्डले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण