काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई कर सहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो । सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।