सनराइज म्युचुअल फण्ड योजनाद्वारा १० करोड ३२ लाख प्रतिफल वितरणको निर्णय

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले प्रतिफल वितरणको निर्णय गरेको छ । आर्थिक वर्ष ०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका इकाइ धनीहरुलाई कर सहित १२% का दरले हुन आउने दश करोड बत्तीस लाख प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो । साथै इकाइ धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने समेत कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

२ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज भदौ २८ गते एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्ड र सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो  ।यी दुवै योजनाले लाभांश वितरणको लागि  भदौ २९ गते बुक क्लोज मिति तय गरेकोले आज भदौ २८ गतेसम्म कायम इकाईधनीले मात्र योजनाले दिने लाभांश पाउँन सक्ने छन् ।एनआईबिएल प्रगति फण्डले  इकाईधनीहरुलाई कर सहित ४.२० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।  योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको ९९औं बैंठकले आ.व.२०७८/०७९ का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ४.२० प्रतिशत का दरले हुन आउने रकम रु.३,१५,००,०००/-(रु. तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  । सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतले हुन आउने १० करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने घोषणा गरेको हो।

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]

पुस मसान्तसम्ममा सनराइज फर्स्ट म्युचुअल फण्डले कमायो रू. १० करोड १५ लाख नाफा

माघ १६, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट  म्युचुअल फण्डले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार फण्डले पुस मसान्तसम्म रू.१० करोड १५ लाख नाफा कमाएको छ । फण्ड मंसिर मसान्तसम्ममा रू. १ करोड ८८ लाख नोक्सानीमा रहेको थियो । पुस मसान्तसम्ममा रू. ११ करोड ४० लाख आम्दानी गर्न सफल भएकाले फण्ड नाफामा गएको हो । त्यसैगरी फण्डको एनएभी पनि मंसिर महीनाको तुलनामा पुस महीनामा वृद्धि भएको छ ।  एनएभी मंसिर मसान्तसम्ममा रू.१३ दशमलव ४८ रहेको उक्त फण्डको पुस मसान्तसम्ममा वृद्धि भएर रू. १४ दशमलव ८८ पुगेको छ । पुस मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ६२ करोड ६ लाख लगानी गरेको छ ।