जाजरकोटको बारेकोट गाउँपालिका–२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन दिएका थिए । “चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भनेका थिए”, उहाँले दुःखेसो पोख्नुभयो, “तर जितेर गएपछि एउटा वैशाखी पनि दिएनन् ।” यस्तै …