विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्य अम्बिका थापाले संघीय सरकारले गरिब जनतालाई भोट बैंक मात्र सम्झिएको आरोप लगाएकी छिन्।प्रदेशसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा भूमि आयोग खारेजीको विरोध गर्दै सरकारसँग प्रश्न गरेकी हुन्। उनले परमादेशबाट बनेको सरकारले आयोग खारेज गरेर जनतालाई भोट बैंक मात्र ठानेको आरोप लगाएकी हुन्। ‘भूमिहीन दलित, अव्यवस्थित बसोबास गर्ने गरिब जनताले आयोग गठन भएको १४ महिनामा लालपुर्जा पाउने अवस्थामा आयोग खारेज भयो,' उनले भनिन्, 'निवर्तमान प्रधानमन्त्री