दशगजा क्षेत्रमा पट्रोलिङ गस्ती

रौतहट : भारतीय सीमा क्षेत्रमा दुई देशका सुरक्षा निकायको संयुक्त टोलीेले सीमा क्षेत्रमा रहेका पिल्लरहरू तथा दशगजा क्षेत्रको पट्रोलिङ गस्ती सुरु गरेको छ। संयुक्त टोलीले बौधिमाई नगरपालिकाअन्तर्गतका नेपाल-भारत सीमा क्षेत्रमा रहेका पिल्लरहरूको निरीक्षणका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाका सशस्त्र ...

सम्बन्धित सामग्री

खेतीपाती हुँदैआएको दशगजा क्षेत्र खाली गराउन थालियो

कञ्चनपुरस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको अतिक्रमण हटाउन थालिएको छ । दोधारा चाँदनी नगरपालिकाअन्तर्गत नेपाल–भारत सीमाको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो । भारतसँग सीमा जोडिएको दोधारा चाँदनी–३ बडुवाल टोलबाट दशगजा क्षेत्रको अतिक्रमण हटाउन थालिएको नगर प्रमुख किशोर लिम्बूले जानकारी दिनुभयो । “दशगजा क्षेत्रको अतिक्रमण खाली गराउने काम सुरु भएको छ, पहिलो दिन …

कञ्चनपुरमा दशगजा क्षेत्र खाली गराउन थालियो

कञ्चनपुर । कञ्चनपुरस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको अतिक्रमण हटाउन थालिएको छ । दोधारा चाँदनी नगरपालिकाअन्तर्गत नेपाल–भारत सीमाको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो ।

छानामा जस्तापाता लगाउन अवरोध भएपछि त्रिपालको छानो

कञ्चनपुर । भीमदत्त नगरपालिका-९ ब्रह्मदेवका ६३ वर्षीय परदेशी दमाई नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै बस्दै आएका छन् । डडेलधुरा अजयमेरुको थातथलोबाट चौपायासहित उनी यहाँ आएको ३५ वर्ष भयो । सहज जीवनयापनको खोजीमा तराई झरेका उनको परम्परागत पेशा सिलाइकटाइ भए पनि शीप नहुँदा उनले मजदुरी गरेर परिवारको खर्च चलाउँदै आएका छन् । ‘पहाडमा आफ्नो सम्पत्ति थिएन,’ उनले भने, ‘जीविका चलाउनै अप्ठ्यारो भएपछि यहाँ आएको हुँ ।’ उमेर छँदा नजिकको वन क्षेत्र र महाकाली नदीले बगाएर ल्याउने दाउरा संकलन गरी भारतीय बजार टनकपुरसम्म पुगेर बेच्ने गरेको उनले बताए । ‘भारतीय बजारमा दाउरा बेच्दै साँझबिहान छाक टार्दै आएको थिएँ,’ उनले भने, ‘दाउरा संकलन नगरेका बेला मजदुरी गर्थें ।’ उमेर ढल्किँदै जाँदा अहिले उनले दाउरा बोक्न सक्दैनन् । मजदुरी गर्ने अवस्था पनि छैन उनको । मुक्तहलिया पुनःस्थापना कार्यक्रमले उनी बस्ने घर त बनाइदिएको छ । भारतीय सुरक्षाकर्मीबाट उनको घरमा जस्तापाता लगाउन अवरोध भयो । त्यसैले प्लास्टिकको त्रिपाल राखेर काम चलाएको उनले बताए । दमाई परिवार बसोवास गरेको जग्गा दशगजामा पर्छ भन्दै भारतीय सुरक्षाकर्मीले पाँच वर्षअघि जस्ता राख्न नदिएको उनले बताए । भारतीय पक्षबाट सताउने कार्य भने नभएको उनले बताए । भारतीय सुरक्षाकर्मीको डरले यहाँका अधिकांश परिवारले पुनःस्थापना कार्यक्रमअन्तर्गत पाएको घरमा छाना हाल्न पाएका छैनन् । परदेशीजस्तै सीमा क्षेत्रमा बस्दै आएका मदन सार्कीको घरको छानोमा पनि त्रिपाल राखिएको छ । त्रिपालबाट वर्षात्का बेला भिज्दै रात काट्नुपर्ने बाध्यता रहेको यहाँका बासिन्दाको दुखेसो छ । ‘आर्थिक विपन्नताका कारण उपचार गर्न नसक्दा भाइ र बुवाको मृत्यु भो,’ उनले दुखेसो पोखे, ‘तीन दशकदेखि यहाँ बस्दै आए पनि विपन्न लागि आर्थिक अवस्था सुधारका लागि कुनै निकायबाट पनि गतिलो कार्यक्रम आएको छैन ।’ सीमा क्षेत्रमा बस्दै आएका परिवारको आम्दानीको एक मात्रै माध्यम मजदुरी हो । ‘मजदुरी गर्न पाउँदा पेटभरि खान पाइन्छ,’ उनले भने, ‘मजदुरी नपाएर कयौं दिन भोकै पनि बस्नुपरेको छ ।’ सीमा क्षेत्रकै ब्रह्मदेवमा बस्दै आएकी बसन्ती ढिकालसँग पनि आफ्नो स्वामित्वको घरजग्गा छैन । अर्काको जग्गामा झुपडी बनाएर बस्दै आएकी ढिकालका श्रीमान् पाँच वर्षअघि कमाउनकै लागि भनेर भारत गएका थिए । गएपछि उनी अहिलेसम्म घर नफर्किएको उनले बताइन् । -रासस

दुई वर्ष पछि हट्यो दशगजामा भारतीय पक्षले निर्माण गरेको चेक पोष्ट

कपिलवस्तु । कृष्णनगर बढ्नी सीमा क्षेत्रको दशगजामा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेको चेक पोष्ट र काँडेतार हटाएको छ । कोभिड प्रभावको समयमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दशगजा क्षेत्रमा भारतीय एसएसवीले एकतर्फि रुपमा दशगजा क्षेत्र अतिक्रमण गरी टिनको छानो लगाई अस्थायी चेक पोष्ट बनाएको थियो । नाकाको दुई नम्बर यात्रु गेटमा नेपाल भारत आवतजावत नियन्त्रण गर्न […] The post दुई वर्ष पछि हट्यो दशगजामा भारतीय पक्षले निर्माण गरेको चेक पोष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

दशगजा क्षेत्रमा एसएसबीको सुरक्षा पोष्ट

८ माघ, विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको छ । विराटनगर महानगरपालिकाको सिमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा एसएसबीले सुरक्षा पोस्ट खडा गरेको हो । विराटनगर महानगरपालिका-१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीबीच पर्ने नो मेन्स ल्याण्डमा सुरक्षा पोष्ट खडा गरेको हो । एक महिनाअघि स्थापना गरेको […]

ठेक्का भारतीय क्षेत्रमा तर नेपाली क्षेत्रमा भारतीयको अवैध उत्खनन्

पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ पिपडारी बिसनपुर क्षेत्रमा पर्ने ओरिया खोलामा भारततर्फको उत्खनन् काे ठेक्का लिएको भारतीय ठेकेदारको अनुमति लिई भारतीयहरुले खोला रहेको दशगजा र नेपाली क्षेत्रको बालुवा÷गिट्टी उत्खनन् गर्ने गरेको पाइएको छ । नेपाल हुदै भारत प्रवेश गरेको ओरिया खोलाको क्षेत्रमा बालुबा÷गिट्टी उत्खनन् ्को ठेक्का पाएको भारतीय ठेकेदारले धेरै संख्यामा मानिसहरु र ट्याक्टर लगाएर दशगजा क्षेत्र र नेपालको क्षेत्रबाट करिब ५ करोड मूल्य बराबरको बालुवा÷गिट्टी उत्खनन् गरेर लगेको स्थानीयले आरोप लगाएका छन् । भारतीय पक्षले हरेक वर्ष एकतर्फी ठेक्का लगाउने गरेको तर ठेकेदारले भारतीय क्षेत्रबाहेक खोलाको नेपालमा पर्ने क्षेत्रमा समेत उत्खनन् गरी करोडौं मूल्यको बालुवा ÷ गिट्टी उत्खनन् ् गरी लैजाने गरेको स्थानीय कारी चौधरीले गोरखापक्राई बताउनुभयो ।

भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

१६ जेठ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न शुक्रबार बसेको समिति …

दशगजा क्षेत्र अतिक्रमण, सडक निर्माण गर्दै भारत

विराटनगर : मोरङको जहदा–१ कालाबञ्जरस्थित नेपाल–भारतको सीमा क्षेत्र दशगजामा भारतीय पक्षले सडक निर्माण सुरु गरेको छ। नियमअनुसार दशगजा क्षेत्रमा कुनै पनि पक्षले कुनै प्रकारको संरचना निर्माण गर्न पाइँदैन। भारत बिहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी वस्ती हुँदै दशगजामा ५०० मिटरभन्दा बढी...