ठेक्का भारतीय क्षेत्रमा तर नेपाली क्षेत्रमा भारतीयको अवैध उत्खनन्

पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ पिपडारी बिसनपुर क्षेत्रमा पर्ने ओरिया खोलामा भारततर्फको उत्खनन् काे ठेक्का लिएको भारतीय ठेकेदारको अनुमति लिई भारतीयहरुले खोला रहेको दशगजा र नेपाली क्षेत्रको बालुवा÷गिट्टी उत्खनन् गर्ने गरेको पाइएको छ । नेपाल हुदै भारत प्रवेश गरेको ओरिया खोलाको क्षेत्रमा बालुबा÷गिट्टी उत्खनन् ्को ठेक्का पाएको भारतीय ठेकेदारले धेरै संख्यामा मानिसहरु र ट्याक्टर लगाएर दशगजा क्षेत्र र नेपालको क्षेत्रबाट करिब ५ करोड मूल्य बराबरको बालुवा÷गिट्टी उत्खनन् गरेर लगेको स्थानीयले आरोप लगाएका छन् । भारतीय पक्षले हरेक वर्ष एकतर्फी ठेक्का लगाउने गरेको तर ठेकेदारले भारतीय क्षेत्रबाहेक खोलाको नेपालमा पर्ने क्षेत्रमा समेत उत्खनन् गरी करोडौं मूल्यको बालुवा ÷ गिट्टी उत्खनन् ् गरी लैजाने गरेको स्थानीय कारी चौधरीले गोरखापक्राई बताउनुभयो ।

सम्बन्धित सामग्री

फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोकियो

काठमाडौं । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं कास्कीका भू–तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा बसेको समितिको सो निर्णय गरेको हो । बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन […]

अवैध उत्खनन् गर्ने टिपर, जेसिवी र चालक नियन्त्रण

महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन विरुद्ध कडा रुपमा उत्रिएको छ ।  पछिल्लो समय प्रहरीले रातु नदी र तटीय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसिबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।आजमात्र  बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

नदीजन्य सामाग्री दिर्घकालीन व्यवस्थापन गर्ने प्रयास

बाँकेमा नदीजन्य सामाग्रीको दिर्घकालीन रुपले व्यवस्थापन गर्ने प्रयास थालिएको छ। नदी तथा खोलामा दुई वर्षदेखी ठेक्का सञ्चालन नहुँदा जिल्लाको राप्ती सोनारी क्षेत्रमा अवैधरुपले उत्खनन् बढेको थियो। अवैध उत्खनन् रोक्न गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक...

रोकिएन अवैध उत्खनन्

ऐन विपरीत वन क्षेत्रमा पर्ने खोलामा ठेक्का लगाएको विषयमा धरान उपमहानगरपालिका र डिभिजन वन कार्यालय सुनसरीबीच विवाद सुरु भएको छ ।...

बुढानीलकण्ठमा अवैध उत्खनन् रोकिएन् : मेयर एक्सन लिन्छन्, वडाध्यक्ष टेर्दैनन्

बुढानीलकण्ठ नगरपालिकामा संगठित रुपमा भइरहेका अवैध बालुवा उत्खनन, ढिस्का तथा डाँडो मास्ने, खोला मिचेर नदीजन्य सामग्री निकाल्नेक्रम अझै रोकिएको छैन् । नगरपालिकाको वडा नम्बर १३ कौडोल र चुनीखेल क्षेत्रमा अवैध बालुवा उत्खनन् गर्ने, ढिस्का तथा डाँडो मास्ने जस्तो प्राकृतिक दोहन हुने काम रोक्न स्थानीय अगुवाहरुले गरेको पहललाई नगरपालिकाले चासो नदिएको आरोप छ ।