नेपालमा पनि बढ्दैछ अनलाइन ठगी, यी कुरामा ध्यान दिँदा जोगिन सकिन्छ

नेपालको ब्याङ्किङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गर्दा प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेको बताइएको छ।प्रविधिको पहुँच बढ्दै गएको भए पनि ब्याङ्किङ कारोबार अनि गोपनीयताजस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको सङ्ख्या व्यापक बढेको अधिकारीहरू बताउँछन्।चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरू धेरै भएको उनीहरूको भनाइ छ।यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू पीडित हुने देखिएको छ।कति हुन्छ ठगीका घटना?प्रहरीका अनुसार यस्ता ठगीका घटनाबारे उजुरी गर्नेहरूको सङ्ख्या बढ्दो छ। तर पहिचान गर्न गाह्रो पर्ने माध्यम अनि स्थानमा आधारित रहेर यस्ता कार्यहरू गरिने हुँदा सर्वसाधारण नै सजग नहुँदासम्म यस्ता घटना कम नहुने उनीहरूको भनाइ छ।महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार प्रत्येक महिना ७० देखि ८० वटा यस्ता ठगीका उजुरीहरू आउने गरेका छन्।''प्रविधिमा पहुँच वृद्धि भएसँगै ठगीका सङ्ख्यामा पनि वृद्धि भएको छ,'' महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइरालाले भने।प्रलोभन देखाएर ठगीअनलाइनमार्फत ठगी खासगरी प्रलोभन देखाएर गर्ने गरिन्छ। कुनै व्यक्तिले ब्याङ्क वा कुनै वित्तीय सेवा प्रदायकको परिचय दिएर फोन गर्ने र विवरणहरू माग्ने पनि गर्छन्।खातावाला व्यक्तिले त्यसमा शङ्का नगरी उपहार पाउने प्रलोभनमा आफ्नो गोप्य विवरणहरू दिने गरेको प्रहरीले बताएको छ। यसमा खासगरी एटिएम कार्डसम्बन्धी विवरण, खाता नम्बर अनि अनलाइनमार्फत कारोबार गर्दा ब्याङ्कले उपलब्ध गराउने 'वान टाइम पासवर्ड' ओटीपी नम्बर ठगहरूले माग्छन्।यीमध्ये कुनै एक विवरण र मोबाइल नम्बरमा प्राप्त हुने ओटीपीको प्रयोग गरेर व्यक्ति वा संस्थाले प्रयोग गर्ने खातामा ठग प्रवेश गर्न सक्छन् र आफू अनुकूल रकम हिनामिना गर्न सक्ने जानकारहरू बताउँछन्।फरकफरक स्वरूपविद्युतीय माध्यमबाट पैसा चोर्ने बाहेक खाता नै दुरुपयोग भएका घटनाहरू समेत देखिएको कोइराला बताउँछन्। ''आफ्नो खाता दुरुपयोग भएको विषयबारे कतिपय मानिसहरू नै अनभिज्ञ हुन्छन्,'' उनले भने।''कहिँ कसैलाई विदेश जान भनेर दिएको पैसा फिर्ता गरिदिएँ है तिम्रो खातामा भनिएको हुन्छ। तर त्यस्तो ठगिएको पैसा अर्कै खातामा जम्मा गरिन्छ।''कतिपयले सामाजिक सञ्जालबाट भएको चिनाजानकै आधारमा आफ्नो नाममा ब्याङ्कमा खाता खोली एटीएम निकालेर भारतमा पठाइदिएको घटनासम्म देखिएको प्रहरीको भनाइ छ।''कुराकानी हुँदै गयो। विश्वासको वातावरण बन्यो। ठग्ने मान्छेले कुनै कथा सुनायो ... मलाई यस्तो गर्नका लागि एउटा पैसा नभएको खाता र एटीएम चाहिएको छ भन्यो। विश्वास जितेपछि त खाता खोलेर एटिएम कुरीअर गरिदिने। अब नेपालको एटिएम त भारतमा पनि चल्छ। यसरी पनि दुरुपयोग भएको छ,'' कोइरालाले भने।कतिपयले विश्वासकै आधारमा ठगी गरेर आर्जन गरेको रकम अरूकै खाताबाट चेक काट्न लगाएर भुक्तानी समेत लिएको पाइएको छ।''मेरो व्यापारको पैसा नेपालमा फसेको थियो, उठ्दै छ। तपाईँको खातामा पैसा आउँछ अनि त्यो मेरो मानिसलाई दिनुहोला भनेर भनेको आधारमा चेक काट्दै दिएको पनि पाइएको छ,'' कोइरालाले भने।पछि खातामा पैसा जम्मा गर्ने व्यक्तिले कसैगरी खातावाला व्यक्तिको पहिचान गरेर पैसा फिर्ता मागेपछि मात्रै यो घटनाबारे प्रहरीमा उजुरी परेको थियो।यसरी गरिएको दुरुपयोगमा ५० देखि ६० लाखसम्म ठगी भएको पाइएको प्रहरी भनाइ छ।ठगीको अर्को तरिकात्यस्तै हालसालै अर्को एउटा घटना प्रहरीकहाँ उजुरी आयो। पीडितको म्यासेन्सजरमा क्यानडाको एक कम्पनीमा महिनाको १५०,००० तलब भन्ने सन्देश आयो।सन्देश प्राप्त गर्ने व्यक्तिलाई आफ्नै नाममा खाता खोल्न र खातामा पैसा जम्मा गर्न भनियो। आफ्नै खातामा पैसा जम्मा गर्न सोच्नुपर्ने कुरै रहेन।प्रक्रिया चल्दै जाँदा ती व्यक्तिले राम्रो कमाइको प्रलोभनमा पैसा जम्मा गरेको भौचर, नागरिकताको प्रतिलिपि, राहदानी र तस्बिर स्क्यान गरेर पठाइदिए।ती सबै विवरणका आधारमा ठगले पैसा जम्मा गर्ने व्यक्तिको नाममा रहेको सिमकार्ड दूरसञ्चार कम्पनीबाट निकाले।मोबाइलत्यसपछि सम्बन्धित ब्याङ्कको एपमा खाता नम्बर हाले र ओटीपी प्राप्त भएसँगै रकम निकाले। उक्त घटनामा प्रहरीले केहीलाई पक्राउ त गर्‍यो तर यस्ता घटनाका पछाडि रहेका मुख्य पात्र भने फेला पर्न सकेनन्।ठगिएका 'धेरै घटना भारतमा आधारित'हालसम्मको प्रहरी अनुसन्धान अनुसार यस्ता ठगी गर्नेहरू प्रायजसो सीमापारी आधारित रहेको पाइएको कोइरालाको भनाइ छ। यस्ता घटनाहरू बारे अनुसन्धान गर्दा एकाध घटना बाहेक प्रायजसो 'अपरेट' गर्ने मान्छे भारतमा बसेर गरेको पाइएको प्रहरी भनाइ छ।प्रहरीका अनुसार यसरी ठगी गर्नेहरूले ह्वाटस्एपजस्ता पत्ता लगाउन गाह्रो हुने माध्यमबाट संवाद गर्ने गर्छन्। काम सकिएपछि ठगी गर्नेहरूले सामाजिक सञ्जाल खाताहरू पनि निष्क्रिय पार्ने गर्छन्।प्रविधिको दुरुपयोग गरेर गरिने यस्ता ठगीका घटनाहरूमा एकै व्यक्तिबाट तुलनात्मक रूपमा ''ठूलो रकम भने असुली हुँदैन''।अपराध अनुसन्धान महाशाखाका अनुसार ५० हजार देखि १५०,००० सम्मको ठगी यस्तो माध्यबाट हुन्छ।तर फरकफरक व्यक्तिहरूलाई निसाना बनाइने हुँदा यस्तो रकम मासिक रूपमा डेढ करोडसम्म उठाइएको हुनसक्ने प्रहरीको अनुमान छ।अनलाइनमार्फत हुने कारोबारको आकार तुलनात्मक रूपमा सानो हुने हुँदा पनि ठगी हुने रकम पनि सानै हुने वित्तीय संस्थाहरूको भनाइ छ।तर खाताभित्र पस्ने आधार प्राप्त गरेपछि दुरुपयोग पटकपटक हुनसक्ने खतरा रहन्छ।वित्तीय संस्थाहरू के भन्छन्?नेपाल ब्याङ्कर्स एशोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय डिजिटल प्रणालीमा रूपान्तरण हुँदै गर्दा प्रणालीको दुरुपयोग गरी ठगी गर्ने क्रम बढेको बताउँछन्।यसमा खासगरी वित्तीय साक्षरताको अभाव प्रमुख कारक रहेको उनको भनाइ छ।''प्रविधिमा बाठा मनिसहरूले कमजोर ठाउँमा आफ्नो सञ्जाल फैलाइरहेको अवस्था छ,'' उनले भने।यस्ता घटनहरू हुन नदिन वा कम गराउनका लागि आफूहरूले अभियान नै सञ्चालन गर्न लागेको उनी बताउँछन्।सचेतना फैलाइने सन्देशहरू सञ्चारमाध्यमहरूबाट सम्प्रेषण गर्ने आफूहरूले तयारी थालिसकेको र स्थानीय तहसँगको सहकार्यमा अभियान चलाउनुपर्ने उनी बताउँछन्।हाल कतिपय वित्तीय संस्थाहरूले आफ्नो सामाजिक सञ्जालबाट सर्वसाधारणहरूलाई आफ्ना गोप्य विवरणहरू अरूलाई नदिन सचेत गराउँदै आएका छन्।कसरी जोगिने?उपाध्यायका अनुसार ठगीका यस्ता घटनाहरूबाट जोगिनका लागि गर्नै नहुने कार्य भनेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी नम्बर तेस्रो व्यक्तिलाई नभन्ने हो।प्रविधिमा अभ्यस्त व्यक्तिले ओटीपी प्राप्त गरे आफू अनुकूल प्रयोग गर्न सक्छन्।''जान्ने व्यक्तिले त आफ्नो मोबाइलबाट समेत ओटीपी प्रयोग गरिदिन सक्छ,'' उनले भने।सचेतनाको अभावमा यस्ता कार्यहरू हुने भए पनि प्रणालीको कमजोरी भन्दा पनि प्रणालीको दुरुपयोग खातावाला व्यक्तिलाई नै प्रयोग गरी अन्तिम रूप दिइने हुँदा वित्तीय संस्थाहरूले त्यसको दायित्व लिँदैनन्।'पैसासँग जोडिएको कारोबार अरूसँग संवाद गर्नुहुँदैन,'' उपाध्यायले भने।ओटीपीबाहेक उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उनी बताँउछन्। -बिबिसीबाट 

सम्बन्धित सामग्री

धनगढीबाट अनलाइन ठगी गर्ने गिरोहका नौ जना प्रहरीद्वारा सार्वजनिक

धनगढीबाट अनलाइन ठगी गर्ने गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकनजिक धनगढीमा कार्यालय नै खोलेर बैंक एकाउन्ट ह्याक गर्ने नौ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।...

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट […]

अवैध मोबाइलले बढाउँदै अनलाइन ठगी र यौन दुर्व्यवहार

घटना १ रौतहट घर भएका १९ वर्षीय शुभम साह ईसेवाको कर्मचारीको नाममा ठगी गरेको आरोपमा २०७९ साल माघ १७ गते पक्राउ परे । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर-२ घर भएका शुभम अपरिचित नम्बरमा कल गर्छन् र भन्छन्- ‘म ईसेवाको म्यानेजर हुँ, तपाईँको आइडी बैंकसँग लिंक गराइदिन्छु।’ उनी ठगीका मास्टर माइन्ड भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरु...

सिमकार्ड डुप्लिसेशनमार्फत अनलाइन ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । सिमकार्ड डुप्लिसेशनमार्फत अनलाइन ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल भक्तपुरको सुर्यविनायक-८ बस्ने २३ वर्षीय अनिल थापा रहेका छन्। सामाजिक संजालमा आबद्ध रहेका विभिन्न बैंकहरुको अनलाइन भाइबर ग्रुप अकाउन्टहरुको दुरुपयोग गरी सिमकार्ड डुप्लिसेशनमार्फत उनले ठगी गरेको आरोप छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका […]

बढ्यो अनलाइन ठगी, जोगिन के गर्ने ?

आठ महिनामा ३ सय १५ उजुरी काठमाडौं । प्रविधिको विकास र बढ्दो सुविधासँगै अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ्न थालेको छ । नेपाल प्रहरीमा पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको छ । महानगरीय अपराध महाशाखाका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म महाशाखामा अनलाइन माध्यममार्फत ठगिएको भन्दै ३ सय १५ […] The post बढ्यो अनलाइन ठगी, जोगिन के गर्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

खल्ती एप्सको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं : खल्ती एप्सको कर्मचारी हौँ भन्दै अनलाइन ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा पर्सा छिपहरमाई-२ का १८ वर्षीय निरञ्जन कुमार गुप्ता र सोही ठाउँकै १८ वर्षकै करण यादव रहेको प्रहरीको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।उनीहरूले विभिन्‍न व्‍यक्तिहरूलाई फोन गरी आफूहरू खल्ती एप्सको कर्मचारी हौँ भनी नवीकरण गर्न लगाई अनलाइन ठगी गरेका हुन्।उनीहरूले मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन गरी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी क

फेसबुक ह्याक गरेर रकम माग्ने व्यक्ति पक्राउ

विभिन्न व्यक्तिहरुको फेसबुक ह्‍याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका-१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई...

फेसबुक ह्याक गरी रकम ठगी गर्ने पक्राउ

विभिन्न व्यक्तिहरुको फेसबुक ह्‍याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।  सर्वसाधारण लगायत...

बढ्दो अनलाइन ठगी : कतै प्रेमजाल, कतै लोभ

घटना–एक : संखुवासभा खाँदबारीकी सपना सामाजिक सञ्जाल फेसबुकमा नास्नी माइकल नामका एक युवासँग प्रेममा परिन् । आफूलाई युकेको नागरिक बताउने माइकलले ती युवतीलाई आफैं फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर प्रेममा पारे । कुराकानी लम्बिँदै गएपछि माइकलले सपनालाई करोडौँको उपहार पठाएको बताए ।उपहार लिनका लागि कुरियर गर्दा लाग्ने खर्चबापत माइकलले ५ लाख (नेपाली रुपैयाँ) पठाउनुपर्ने बताए । आफ्नो अनलाइन प्रेमीले करोडौँको बहुमूल्य उपहार पठाउन लागेकाले पैसा जम्मा गरिदिन सपनाले आमाबुबासँग रोइकराई गरिन् ।रकम जम