केन्द्रमा दुई राजनीतिक ध्रुवमा उभिएका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा भने सत्ता साझेदार भूमिकामा कायम छन् । सोही सहकार्यका आधारमा मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत हासिल गरे । प्रदेशसभामा सभामुखबाहेक ५१ सांसदमध्ये मुख्यमन्त्री भट्टले विश्वासको मतको पक्षमा ३० सांसदको समर्थन पाए । त्यसो त, प्रदेशसभामा सत्तारुढ दुई दलका कुल ३७ (सभामुखबाहेक) सदस्य छन् । तर मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा ३० सांसदले मात्र मत दिए । नेकपा एमालेक