आयोगले बोलाएपछि महन्थ र उपेन्द्र पक्षको छुट्टाछुट्टै बैठक

जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षको सोमबार कार्यकारिणी समितिको छुट्टाछुट्टै बैठक चलिरहेको छ ।बबरमहलमा ठाकुर पक्षको र बालकुमारीमा यादव पक्षको बैठक चलिरहेको छ । पार्टीभित्रको विवादका विषयमा निर्वाचन आयोगले छलफलका लागि दुवै पक्षलाई मंगलवार बोलाएपछि उनीहरु छलफलमा जुटेका हुन् । ठाकुर पक्षको बैठकमा हेरफेर गरि नयाँ कायम गरिएको कार्यकारिणी समितिका सदस्य समेत सहभागी रहेका छन् भने यादव पक्षको बैठकमा पुरानै कार्यकारिणी समितिका सदस्यहरु सहभागी छन् । अध्यक्ष ठाकुरले कार्