बाबुराम पक्षको बैठक सुरु

काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक सुरु भएको छ । यो बैठकसँगै जसपा अब आधिकारिक रुपमा विभाजनतर्फ अघि बढेको छ । उता, अध्यक्ष उपेन्द्र यादवले भोलिको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । यादव पक्षको बैठक भने वीरगन्जमा हुने भएको छ […]

सम्बन्धित सामग्री

उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टीको वीरगञ्जमा केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षको बैठकमा देशभरबाट ६ सय जना सहभागी भएको बुझिएको छ । बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यसहित १३ जनाले आफ्नो भनाई राख्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

जसपाको बाबुराम भट्टराई पक्षको बैठक सुरु

काठमाडौं : जनता समाजवादी पार्टी,नेपाल (जसपा)को डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। जसपा भित्र अध्यक्षहरु उपेन्द्र यावद र भट्टराई पक्षबिच विवाद देखिएपछि दुबै पक्षले अलग अलग बैठक बोलाएका हुन्। यादवले पनि भोलिका लागि आफू पक्षको केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। विभाजनका लागि दुबै पक्षले आफूसँग बहुमत रहेको…

कांग्रेस पदाधिकारी बैठक अघि शेखर पक्षको बैठक सुरु

काठमाडौं, २६ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु हुनु अघि डा.शेखर कोइरालाको पक्ष नेताहरुको बैठक सुरु भएको छ । भ्रातृ संस्थाको विधानबारे एकीकृत धारणा बनाउन शेखर पक्षको छलफल सुरु भएको हो । पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ । पार्टी सभापतिले आफूहरुको मौनतालाई कमजोरीको रुपमा […]

पौडेल पक्षको बैठक सुरु, आज सभापतिको उम्मेदवार फाइनल गर्ने

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक सुरु भएको छ । राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा सभापतिका आकांक्षी चारै जना नेताहरुसहित केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ।  नेता गगन थापाले आजको बैठकबाट सभापतिको उम्मेदवार टुंग्याइने बताए । बैठकमा सभापतिका चारै आकांक्षीहरु पौडेलसहित प्रकाशमान सिंह, डा शेखर र शशांक कोइरालाको सहभागिता रहेको छ । सभापतिमा प्रकाशमानले कुनै पनि हालतमा ब्याक नहुने बताएपछि काँग्रेसको पौडेल समूहमा तनाव छ । यस्तै शेखरले पनि दावी नछाडे

नेपाल पक्षको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने नेता रघुजी पन्तले जानकारी दिए । बिहीबार पहिलो दिनको बैठकमा  एक दर्जन बढी केन्द्रीय सदस्यहरुले पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव दिएका थिए । त्यसरी धारणा राख्नेमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सविता भुसाल, शेरबहादुर केसी, रवीन

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो । नयाँ बानेश्वर बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा पार्टी एकतामा कसरी जान सकिन्छ ? भन्ने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । स्थायी कमिटी बैठकले […]

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् ।  केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो ।स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ ।आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

केन्द्रीय समिति बैठकअघि माधव पक्षको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थायी कमिटीले एजेण्डा तय गरेपनि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका ला

बाबुराम-उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

काठमाडौं। जनता समाजवादी पार्टीको बाबुराम-उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। आज बालकुमारीस्थित पार्टी कार्यालयमा राजधानीमा उपलब्ध कार्यकारिणी समितिको बैठक सुरु भएको सदस्य रेणु यादवले जानकारी दिइन्। महन्थ पक्षको बहुमत सांसद सदस्यहरुले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो। पार्टीको विधानअनुसार संसदीय दलको बैठक नै नबसी महतोलाई नेता चयन गरेकोमा उपेन्द्र पक्षको आपत्ति छ।