सर्लाहीका २० स्थानीय निकायका दुई सय वडामध्ये १८ वडामा अझै स्वास्थ्य संस्था नराखिएकामा सेवाग्राहीले गुनासो गरेका छन् । जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये १४ स्थानीय निकायका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भए पनि छवटा स्थानीय निकायका १८ वडामा भने अझैसम्म स्वास्थ्य संस्था पुग्न सकेका छैनन् । सरकारले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरी नागरिकलाई प्राथमिक उपचार गर्ने लक्ष्य लिइए पनि जिल्लाका दुई सय वडामध्ये १८ वडा अझै स्वास्थ्य संस्थाविहीन छन् । जिल्लामा सबैभन