सर्लाही : सर्लाहीमा १८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेका छन्। प्रत्येक वडाबाट प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्ने सरकारको लक्ष्य भए पनि विभिन्न वडामा स्वास्थ्य संस्था स्थापना नभएको पाइएको हो।सर्लाहीमा ११ नपा र ९ गापामध्ये १४ वटा पालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था छन्। ६ वटा पालिकाका १८ वटा वडामा भने अझैसम्म स्वास्थ्य संस्था पुग्न सकेको छैन।जिल्लामा सबैभन्दा धेरै बागमती नपाका ६ वटा वडामा स्वास्थ्य संस्था छैनन्। बागमतीको वडा नं. २, ६, ७, ८, ९ र ११ मा स्वास्थ्य संस्था नरहेको नगरपालिकाका स